लिम्बू समुदायले मनाउँदै कक्फेक्वा तङनाम | Khabarhub Khabarhub

लिम्बू समुदायले मनाउँदै कक्फेक्वा तङनाम


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

फुङलिङ– लिम्बू समुदायले आज कक्फेक्वा तङ्नाम मनाउँदै छन् । लिम्बू समुदायले माघे सङ्क्रान्तिलाई कक्फेक्वा तङ्नाम आफ्नो परम्परागत विधिबाट मनाउने गर्दछन् । 

लिम्बू भाषामा ‘कक्’अर्थ ‘फेकवा’ चाप फुल्नु र ‘तङ्नाम’को अर्थ पर्व हो । आजदेखि लिम्बू समुदायको नयाँ वर्षसमेत प्रारम्भ भएको छ ।

राई, लिम्बू, याक्खा, सुनवारलगायतका जातजातिले विशेष गरेर मनाउने यो चाड तङनाममा वन तरुल, घर तरुल, सख्खरखण्डलगायत खानेकुरा खाएर मनाउने चलन रहेको रहेको मिक्वाखोला गाउँपालिकाका रद्रकुमार लिवाङले बताए । 

मुन्धुमसँग जोडिएको तङनाममा अन्नबाली नहुँदा यही वन तरुल सेवन गरी प्राण जोगाएको भन्ने किंवदन्ती छ । आजदेखि येले तङ्बे (दोङ) ५०८४ सुरु भएको याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङलिवाले बताए । आज बिहान नुहाएर वन तरुलको टीका लगाएर तङनामको शुभारम्भ भएको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १२ : ५० बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा