‘खुस्मा’मा धिरज र उपासनाको जोडी « Khabarhub

‘खुस्मा’मा धिरज र उपासनाको जोडी


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहने ‘खुस्मा’को औपचारिक घोषणा गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर सोमबार कमलादी गणेशस्थानमा पूजा गर्दै फिल्मका मुख्य कलाकारको नाम सार्वजनिक गरिएको हो । 

अशोक थापा मगरको निर्देशन रहने फिल्मले द्वन्द्वको पृष्ठभूमिमा रहेर कथावाचन गर्नेछ । दीपक बज्राचार्यको छायांकन रहने फिल्ममा धिरज मगर र उपासना दुवैले फरक फरक उमेर समूहको भूमिका निर्वाह गर्नेछन् ।

रुकुममा खिचिने फिल्ममा फिल्ममा बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकीको लगानी रहनेछ । फिल्ममा एस डी योगीले संगीत दिनेछन् । फिल्ममा अस्तित्व भट्टचन, खड्क बहादुर पुन, अरुण मगर लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

 दक्षिण कोरियामा सिनेमा अध्ययन गरेका अशोकले यसअघि केही लघु चलचित्रको निर्माण गरेका छन् ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  २ : ०९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको