गोपाल गिरी पत्रकारिता पुरस्कार पर्साका पासवानलाई | Khabarhub Khabarhub

गोपाल गिरी पत्रकारिता पुरस्कार पर्साका पासवानलाई


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पर्सा- यस वर्षको गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार पर्साका पत्रकार वृजलाल पासवानलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ पर्सामा आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसियाले पत्रकार पासवानलाई नगद रु ५० हजार तथा कदरपत्र सहितको उक्त पुरस्कार प्रदान गरे ।

त्यस अवसरमा महासङ्घका सचिव दीपेन्द्र चौहानले नेपालको पत्रकारिता क्षेत्रको विकासका लागि गोपाल गिरीले गरेको योगदानकोे चर्चा गरे ।

पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाल, पर्सा महासङ्घका पूर्व अध्यक्ष अशोक तिवारी, स्व गिरीका सुपुत्र गिरिश गिरी, प्रहरी उपरीक्षक कोमलविक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यले नेपालको राजनीनितिक क्षेत्रमा निर्वाह गरेको भूमिकाबारे चर्चा गरेका थिए ।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका तत्कालीन अध्यक्ष गोपाल गिरीको २०६० साल माघ १ गते विद्रोही समूह माओवादीले हत्या गरेको थियो ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ३ : ४४ बजे

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र