पुरूषभन्दा महिला झन् खतरनाक : खतिवडा « Khabarhub

पुरूषभन्दा महिला झन् खतरनाक : खतिवडा


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन्दीप लामिछानेमाथि काठमाडौं जिल्ला अदालतले सुनाएको ८ वर्ष कैद सजायलाई लिएर पछिल्लो समय सामाजिक सञ्जालमा बहस र विवाद भइरहेको छ । कसैले सन्दीपमाथि सुनाइएको सजायले पीडितलाई न्याय मिलेको बताइरहेका छन् भने कसैले सन्दीपको पक्षमा वकालत गरिरहेका छन् ।

यसैसन्दर्भमा नेपाली कांग्रेस नेतृ तथा केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले ‘पुरूष सन्दिपहरू’ भन्दा ‘महिला सन्दिपहरू’ झन खतरनाक हुने टिप्पणी गरेकी छिन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खतिवडाले बलात्कार र प्रेमको परिभाषा महिलाले मात्रै बोकिदिनुपर्ने ? भनेर आफ्नै पार्टी नेता चन्द्र भण्डारीलाई कटाक्ष गरिन् ।

कांग्रेस नेता भण्डारीले केही दिन अगाडि फेसबुकमा बलात्कार केलाई भन्ने ? प्रेम केलाई मान्ने ? यसको फरकबारे अध्ययन गर्नुपर्ने स्टाटस लेखेका थिए ।

खतिवडा फेसबुकमा लेख्छिन् –

यो वा त्यो नाममा सीधा या घुमाउरो भाषामा बलात्कार र प्रेमको परिभाषा खोज्नेदेखि ईज्जतको भारी महिलाले मात्रै बोकिदिनुपर्छ भन्नेसम्मका सबै–सबै प्रकारान्तरले सन्दिप र सन्दिपहरू हुन् । अझ मूल कुरा त पुरूष सन्दिपहरू भन्दा महिला सन्दिपहरू झन खतरनाक हुन् ।

हो, घुम्न खुशी खुशी नै गइन् । तर बिबाह ,प्रेम या त आर्थिक प्रलोभनमा पारेर राखिने सबै किसिमका यौन सम्बन्ध बलात्कार नै हो । अनि अर्को मूल कुरा, हाम्रो देशको कानूनले बिबाहित जोडीभित्र पनि बलात्कार हुने र त्यस्तो बलात्कारको कानूनी उपचार हुनेसमेत ब्यबस्था गरेको छ । यति कुरा पनि नबुझेझैं गरी कुतर्क गर्नु एकदमै हास्यास्पद छ ।

ईज्जत भएका सबै मान्छेले पहिले आफ्नो ईज्जतको ईज्जत गर्नुपर्छ । बलात्कार मानवताबिरोधी जघन्य अपराध हो । यो कुनै सहानुभुति या समर्थन गर्ने बिषय होइन । केही स्वनामधान्य विद्धानहरूको पोष्टहरू देखेँ । तपाईहरू जो–जो हुनुहुन्छ, जत्रो ओहदामा हुनुहुन्छ, तपाईहरूसँग मलाई घृणा बाहेक केही छैन । बलात्कार र बलात्कारीको समर्थन गर्ने मनुबाहरू । कृपया आफंै बुझेर मलाई अनफ्रेण्ड गर्दिनु होला । से टु नो रेप !

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ४ : ०० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल