पर्सामा कोरोना सङ्क्रमित भेटिए, निगरानी बढाइयो « Khabarhub

पर्सामा कोरोना सङ्क्रमित भेटिए, निगरानी बढाइयो


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानाका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य सतर्कता बढाइएको हो ।

सीमानाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गरी भारतबाट आउनेहरुको निरीक्षण र निगरानी गन थालिएको छ । भारतबाट रेल, बस र निजी सवारी साधनमा आउने यात्रुलाई स्वास्थ्य सहायताकक्षमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी भित्रिन दिने गरिएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिए। उनका अनुसार महानगरले सञ्चालन गरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले भारतबाट यात्रा गरेर आउनेलाई सुरुमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको लक्षण देखिएकाको एन्टिजेन परीक्षण गर्ने गरेका छन् ।

संयोजक यादवले गत पुस १ गतेदेखि सञ्चालित उक्त हेल्थ डेस्कमा हालसम्म पाँच हजार दुई सय पाँचजनाको स्क्रिनिङ गरिएको जानकारी दिए। जसमध्ये दुई सयमा एन्टिजेन परीक्षण गर्दा गत बुधबार दुई भारतीय र एकजना नेपालीमा कोरोना पोजेटिभ देखिएको उनले बताए।

भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा आउनेहरुको स्क्रिनिङ गर्ने गरिएको र त्यसमध्ये शङ्कास्पद व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएको यादवको भनाइ छ । एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएकालाई होम आइसोलेसनमा पठाउने गरिएको उनले बताए। 

हेल्थ डेस्कमा हाल दुई स्टाप नर्स, तीन हेल्थ असिस्टेन्ट, दुई ल्याब टेक्निसियन र एक ल्याब असिस्टेन्ट गरी आठजना स्वास्थ्यकर्मी परिचालन गरिएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ । 

पछिल्लो केही समययता भारतको गोवा, महाराष्ट्र, कर्नाटक, तेलागनलगायत राज्यमा पुनः कोरोना सङ्क्रमण फैलिन थालेपछि भारतीय सीमासँग जोडिएका क्षेत्रमा स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।  

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ५ : १४ बजे

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय

सडकपेटीमा व्यापार नगर्न नगरपालिकाको निर्देशन

गाईघाट– सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल