आर्मीको शानदार सुरुआत, मधेश १२६ रनले पराजित « Khabarhub

आर्मीको शानदार सुरुआत, मधेश १२६ रनले पराजित


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शानदार सुरुआत गरेको छ ।

सोमबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई १२६ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।

आर्मीले दिएको ३२१ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ४८.४ ओभरमा अल आउट हुँदै १९४ रन मात्र बनाएको थियो । मधेशका लागि पवन सराफले सर्वाधिक ६५ रन बनाए भने मयन यादवले ३४ तथा राजेश यादवले ३२ रन बनाएका थिए ।

त्यसै गरि आर्मीका बलर शहाब आलमले सर्वाधिक ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट लिएका थिए । त्यस्तै जितेन्द्र मुखिया र कुशल मल्लले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै ३२० रन बनाएको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले शानदार ब्याटिङ गर्दै ११३ रन बनाएका थिए । भण्डारीले ९३ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै ११३ रन बनाएर आउट भएका थिए । त्यस्तै सन्तोष कार्कीले ४२ रन बनाएका थिए भने कुशल मल्ल र विवेक यादवले ३७-३७ रन बनाएका थिए । त्यस्तै इमरान सेखले २६, भीम सार्कीले १८ र बसिर अहमदले १६ रन बनाएका थिए ।

यो आर्मीको पहिलो खेलमा पहिलो जित हो भने मधेश प्रदेशको दोस्रो खेलमा पहिलो हार हो । अब आर्मीले आफ्नो दोस्रो खेल बुधबार बागमती प्रदेशविरुद्ध मूलपानीमा खेल्ने छ भने मधेश प्रदेशले मंगलबार बागमतीकै सामना गर्दै छ ।

 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ५ : ४० बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता