आर्मीको शानदार सुरुआत, मधेश १२६ रनले पराजित « Khabarhub

आर्मीको शानदार सुरुआत, मधेश १२६ रनले पराजित


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शानदार सुरुआत गरेको छ ।

सोमबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई १२६ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।

आर्मीले दिएको ३२१ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ४८.४ ओभरमा अल आउट हुँदै १९४ रन मात्र बनाएको थियो । मधेशका लागि पवन सराफले सर्वाधिक ६५ रन बनाए भने मयन यादवले ३४ तथा राजेश यादवले ३२ रन बनाएका थिए ।

त्यसै गरि आर्मीका बलर शहाब आलमले सर्वाधिक ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट लिएका थिए । त्यस्तै जितेन्द्र मुखिया र कुशल मल्लले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै ३२० रन बनाएको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले शानदार ब्याटिङ गर्दै ११३ रन बनाएका थिए । भण्डारीले ९३ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै ११३ रन बनाएर आउट भएका थिए । त्यस्तै सन्तोष कार्कीले ४२ रन बनाएका थिए भने कुशल मल्ल र विवेक यादवले ३७-३७ रन बनाएका थिए । त्यस्तै इमरान सेखले २६, भीम सार्कीले १८ र बसिर अहमदले १६ रन बनाएका थिए ।

यो आर्मीको पहिलो खेलमा पहिलो जित हो भने मधेश प्रदेशको दोस्रो खेलमा पहिलो हार हो । अब आर्मीले आफ्नो दोस्रो खेल बुधबार बागमती प्रदेशविरुद्ध मूलपानीमा खेल्ने छ भने मधेश प्रदेशले मंगलबार बागमतीकै सामना गर्दै छ ।

 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ५ : ४० बजे

व्यावसायिक केरा खेती : एघार लाख आम्दानी

वालिङ– प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् ।

तीन हजार ९ सय ३ सवारीसाधन कारबाहीमा

कञ्चनपुर– ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

एनपीएल तेस्रो संस्करणमा डेबिल मलानले बनाए पहिलो अर्धशतक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा चितवन राइनोजका

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई