यस्तो बन्यो ‘महाजात्रा’ को ‘आहा क्या राम्रो’ बोलको गीत « Khabarhub

यस्तो बन्यो ‘महाजात्रा’ को ‘आहा क्या राम्रो’ बोलको गीत


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं- चलचित्र ‘महाजात्रा’ को पहिलो गीत सार्वजनिक भएको छ । निर्माण पक्षले माघे संक्रान्तिको अवसर पारेर ‘आहा क्या राम्रो’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतमा आश्मा विश्वकर्मा र अरुण क्षेत्रीको नृत्य रहेको छ । उनीहरुलाई नृत्यमा नायिका वर्षा राउतले साथ दिएकी छन् । गीतमा नायक विपीन कार्की, रवीन्द्रसिंह बानिया, रवीन्द्र झा लगायतलाई देख्न सकिन्छ ।

यो गीतमा आशिष अविरल र अस्मिता अधिकारीले स्वर दिएका छन् । एकनारायाण भण्डारीको शब्दमा संगीत भने अविरल स्वयंको हो ।

प्रदीप भट्टराईको लेखन र निर्देशन रहेको ‘फिल्म’ महाजात्रा चैत ९ बाट प्रदर्शनमा आउँदै छ । यस फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, वर्षा राउतलगायतको अभिनय रहेको छ ।

षट्कोण आर्ट्सको ब्यानरमा बनेको यो फिल्मको निर्माता म्याक्स दिपेश खत्री, यज्ञश्वर पौडेल हुने भने रबिन्द्रसिंह बानियाँ कार्यकारी निर्माता हुन् ।

यस्तो छ गीत-

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ६ : १४ बजे

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत