एकीकृत समाजवादीले विभिन्न देशसँग भएका सन्धि–सम्झौताको दस्तावेज माग्ने « Khabarhub

एकीकृत समाजवादीले विभिन्न देशसँग भएका सन्धि–सम्झौताको दस्तावेज माग्ने


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीले विभिन्न देशसँग भएका सन्धि–सम्झौताको दस्तावेज माग गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको सचिवालय बैठकले हालै नेपाल र भारतबीच भएको सहमति र सम्झौताबारे विभिन्न कोणबाट छलफल भइरहेको अवस्थामा सरकारले विभिन्न देशसँग गरेको सम्झौता सहमतिलगायतका दस्तावेज माग गरि अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सरकारमा रहेर गरेका काम कारवाहीको विवरण पार्टीलाई बुझाउन निर्देशन दिएको छ भने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउनका लागि सबैलाई एकजुट भएर लाग्न आह्वान गरिएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

बैठकले पार्टीको महाधिवेशनका सन्दर्भमा तयार गरिने मस्यौदा राजनीतिक प्रतिवेदनका सन्दर्भमा छलफल गर्न माघ ८ गते राजनीतिक मस्यौदा समितिको बैठक बस्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ६ : ४० बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व