सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्छ : अध्यक्ष ढकाल « Khabarhub

सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्छ : अध्यक्ष ढकाल


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण पाठकले शिक्षा क्षेत्रको विकास नभइ मुलुकको विकास नहुने भन्दै शैक्षिक उन्नयन र विकासका लागि लाग्नुपर्नेमा जोड दिएका छन्। 

आज बागलुङ नगरपालिका–१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयको ७४औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले विद्यालय पश्चिम नेपालको एक पुरानो र गौरवमय इतिहास बोकेको विद्यालय भएको समेत उल्लेख गरे । 

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यार्थीलाई आफूले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। उनले विद्यालयले मुलुकका ठूला र राष्ट्रिय व्यक्तिहरू उत्पादन गरेको बताए। उनले विद्यालयको शैक्षिकस्तर र भौतिक पूर्वाधार विकासमा सबैको साथ आवश्यक रहेको उल्लेख गरे। 

विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका अध्यक्ष ढकालले विद्या नै सबैभन्दा ठूलो धन भएकाले यस शाश्वत सत्यलाई बुझेर विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी र सिङ्गो समुदाय शैक्षिक सुधारमा लाग्नुपर्नेमा जोड दिए । सैद्धान्तिकरुपमा आर्जन गरेको ज्ञान र सीपलाई व्यवहारमा उतारेर व्यावहारिक सीपको विकास गरी उद्यमी बन्न उनको सुझाव थियो । 

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले पालिकालाई आगामी वर्ष पूर्णबालबालिकमैत्री घोषणा गर्ने गरी काम भइरहेको बताए। सोहीअनुसार विद्यालयको शैक्षिक गतिविधि, भौतिक संरचना सुधार भइरहेको उनको भनाइ थियो । 

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ७ : ३६ बजे

युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य

काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास

विराटनगरमा सबैभन्दा बढी वर्षा

काठमाडौं– देशका विभिन्न भागमा स्थापना भएका  वर्षा मापन केन्द्रमध्ये सबैभन्दा

केन्द्रीय बैंक ८५ अर्बको तीन महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल