माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा पाँच लाख भक्तजन « Khabarhub

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा पाँच लाख भक्तजन


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

तनहुँ – माघेसङ्क्रान्ति मेला भर्न तनहुँको पवित्र धार्मिकस्थल देवघाटधाममा करिब पाँच लाख भक्तजन आएका छन् । देवघाट क्षेत्र विकास समिति तनहुँका कार्यकारी निर्देशक सदन बरालले आज बिहानैदेखि देवघाटमा करिब पाँच लाख भक्तजनले मेला भर्नुका साथै वेणीसङ्गममा स्नान गरेको बताए।

बरालले भने, “देवघाटमा हिजो बेलुकादेखि नै भक्तजनको आगमन भएको थियो । आज बिहानैदेखि झन् भीड बढ्यो । हाम्रो लक्ष्यबमोजिमको उपस्थिति भएको अनुमान छ ।” मेलालाई सभ्यरुपमा सम्पन्न गराउनका लागि शान्तिसुरक्षाको प्रबन्ध मजबुद बनाइएकाले पनि कुनै घटना नभएको उनको भनाइ छ ।

देवघाटस्थित वेणीसङ्गममा स्थान गर्दा पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वासका कारण यहाँ हजारौँको सङ्ख्यामा भक्तजन आउने गरेको बताइन्छ । पद्मम पुराणकाअनुसार सूर्य मकर राशीमा गएका बेला माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले पुण्य प्राप्ति हुने विश्वास रहेको उनको भनाइ छ ।

देवघाटधाम ऐतिहासिक, पौराणिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको धार्मिक तीर्थस्थल हो । गोसाइँकुण्डबाट आएको त्रिशूली र दामोदर कुण्डबाट आएको कालीगण्डकीको मिलन एवं नारायणी नदीको मुहानका रुपमा रहेको देवघाटधामको वेणीसङ्गम भएकाले यो पर्वको विशेष महत्व रहेको छ ।

मेलामा सुरक्षाका लागि तनहुँबाट एक सय नेपाल प्रहरी र ४५ जना सशस्त्र प्रहरी र चितवनबाट एक सय नेपाल प्रहरी, ३५ जना सशस्त्र प्रहरी तथा ३० जना नेपाली सेना परिचालन गरिएको थियो । मेला अवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र फर्कंदा देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको थियो ।

साथै मुग्लिनतर्फ देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र फर्कंदा सोही रुटबाट फर्कने व्यवस्था मिलाइएको थियो । चितवनतर्फ सवारीसाधनको पार्किङका लागि साना सवारीसाधनका लागि सीताराम संस्कृत माविको कम्पाउण्डभित्र व्यवस्था मिलाइएको थियो भने ठूला सवारीसाधन (बस, मिनिबस, माइक्रो) आदिको पार्किङ व्यवस्था दाहसंस्कार स्थल प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार) देखि उत्तर पूर्वक्षेत्रमा सवारीसाधनलाई सहजरुपमा पार्किङ गर्ने प्रबन्ध मिलाइएको छ । तनहुँतर्फ ठूला तथा साना सवारीसाधनको पार्किङ देवघाट–५ को खेलकुद मैदानमा व्यवस्था मिलाइएको थियो ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : १६ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि