सङ्घीयतापछि विकासले गति लियो : मुख्यमन्त्री पाण्डे « Khabarhub

सङ्घीयतापछि विकासले गति लियो : मुख्यमन्त्री पाण्डे


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पर्वत – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता लागू भएपछि मुलुकमा विकासले गति लिएको दाबी गरेका छन् ।

पर्वतको फलेबास नगरपालिका–३ शङ्कपोखरीमा आज आयोजित सहिद हरिदत्त तिवारीको २१औँ स्मृतिसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले तीनै तहको सरकार बनेपछि विकासमा पहुँच पुगेको बताए । ठूला योजना सङ्घले, मध्यमखालका प्रदेशले र साना योजनाको जिम्मा स्थानीय तहले लिँदा विकास निर्माणमा एकरुपता आएको उनको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले दुई सय ४० वर्ष लामो राजतन्त्रका कारण मुलुक पछाडि परेको उल्लेख गर्दै बहुदलीय व्यवस्था आएपछि मुलुकमा चौतर्फी विकास भएको दाबी गरे । लामो समयदेखिको खानेपानी समस्या झेलेको शङ्करपोखरीवासीको समस्यालाई इङ्गीत गर्दै मुख्यमन्त्री पाण्डेले राजा महेन्द्रको पालामा राखिएको खानेपानीको योजनाको समस्या अझै पनि समाधान हुन नसकेको बताए ।

गण्डकी प्रदेश सरकारले आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो । आर्थिक गतिविधि बढाउनका लागि युवालाई गाउँमा नै बस्ने वातावरण बनाएर कृषिमा लगाउनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री पाण्डेले फलेबास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारीलाई पानीका स्रोतको सुनिश्चितता गर्न अनुरोध गरे । स्रोतको सुनिश्चितता भएमा प्रदेश सरकारले पुराना केही योजनालाई बहुवर्षे योजनामा रूपान्तरण गर्नुका साथै नयाँ योजना पनि राखिदिने आश्वासन दिए ।

त्यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले स्व तिवारी जनताको अधिकारका पक्षमा लड्दालड्दै सहिद बनेको बताए । सहिदहरू पार्टीका लागि मात्रै नभएर समग्र देशवासीका लागि भएको भन्दै उहाँले यही कारण नै अहिले लोकतन्त्रमा सबैले खुलारूपमा विचार राख्न पाएको उनको भनाइ छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : २७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको