इन्डोनेसियामा कराओकेमा आगलागी हुँदा ६ जनाको मृत्यु | Khabarhub Khabarhub

इन्डोनेसियामा कराओकेमा आगलागी हुँदा ६ जनाको मृत्यु


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

जकार्ता – इन्डोनेसियाको मध्य जाभा प्रान्तको तेगल शहरमा रहेको तीन तले कराओके लाउन्जमा सोमबार बिहान भएको आगलागीमा ६ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन् ।

शहर प्रहरीले जनाए अनुसार स्थानीय समय बिहान ८ बजे आगलागी भएको र दुईवटा दमकल र एउटा क्रेन ट्रकसहितको दमकल तत्काल घटनास्थलमा पठाइएको छ ।

यसैबीच, शहरको स्वास्थ्य एजेन्सीका प्रमुख जेनल अबिदिनले १५ जनालाई बाहिर निकालेर नजिकैको अस्पतालमा ल्याइएको बताए।

विषाक्त ग्यासको धुवाँबाट ६ जनाको मृत्यु भएको र घाइते ९ जनाको अस्पतालमा सघन उपचार भइरहेको उनले बताए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : ४६ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ