टोखामा ‘चाकु दिवस’ मनाइयो « Khabarhub

टोखामा ‘चाकु दिवस’ मनाइयो


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको टोखामा ‘चाकु दिवस’ मनाइएको छ । नेवाः गुठी टोखाको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा माघेसङ्क्रान्ति पर्वको अवसर पारेर आज ‘चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गरिएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै टोखा नगर प्रमुख प्रकाश अधिकारीले टोखाको चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि नगरपालिकाले पहल गरिरहेको बताए । उनले टोखाको नेवार समुदायले आफ्नो संस्कृतिलाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सराहना व्यक्त गर्नुभयो । रञ्जना लिपिलाई अगाडि बढाउन टोखा नगरपालिका लागेको उनको भनाइ थियो । उनले टोखाको संस्कृति धरोहरलाई जोगाउनका लागि टोखा नगरपालिका लागिरहेको बताए ।

नगरपालिकाका उपप्रमुख मुरारी तामाङले टोखाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्व जोगाइराख्न टोखाको नेवार समुदायले खेलेको भूमिकाको उच्च प्रशंसा गरे। टोखाको ऐतिहासिक परम्परालाई जोगाइराख्न महत्वपूर्ण योगदान गर्ने विशिष्ठ व्यक्तिलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

सोही अवसरमा नेवाः गुठीले लामो समयदेखि टोखाको परम्परागत बाजालाई संरक्षण गर्दै आएको समूहलाई नगद रु ५० हजारसहित सम्मान गरिएको थियो । टोखाको मौलिक हस्तकलाको संरक्षण गर्ने दुई व्यक्तिलाई रु २५÷२५ हजार नगदसहित सम्मान गरिएको थियो ।

टोखाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गरेर टोखाको साख जोगाएका खेलाडी, हास्यव्यङ्ग्य विद्या, मौलिक घर संरक्षणकर्ता र विभिन्न खलःलाई समेत सम्मान गरिएको थियो । नेवाः गुठीले टोखाको संस्कृति, सम्पदा, सङ्गीत, वाद्यवादन, शिक्षा तथा खेलकुदलगायत क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको थियो ।

नेवाः गुठी टोखाका अध्यक्ष रमेश नापितले टोखाभित्र उत्पादित सामग्रीलाई चाकु दिवसमा प्रदर्शन गरिएको जानकारी दिनुभयो । कार्यक्रममा टोखाको परम्परागत हस्तकलाको प्रदर्शनी, चाकुको प्रदर्शनी, विभिन्न बाजाको प्रदर्शनी गरिएको थियो ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नेवारी भाषामा ‘टु’ र ‘ख्य’ शब्दबाट बनेको हो । ‘टु’ को अर्थ उखु र ‘ख्य’ को अर्थ खेती भन्ने गरिन्छ । उखुखेती हुने टोखामा लिच्छवीकालको पाँच सय १९ देखि चाकु बनाउन थालिएको किंवदन्ती छ । हाल टोखामा १४ चाकु उद्योग रहेका छन् ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १० : ३८ बजे

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता

चुरेभावर नेकपामा समाहित नभएको स्पष्टोक्ति

काठमाडौं– चुरेभावर लोकतान्त्रिक पार्टीले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

मोरङ १ मा कांग्रेसका फागोले सुरू गरे चुनावी घरदैलो

मोरङ- नेपाली कांग्रेसबाट मोरङ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार खड्ग

धुम्मियो काठमाडौं, केही स्थानमा पर्‍यो पानी (तस्बिरहरू)

काठमाडौं- न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर मौसम

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको जहाज दुर्घटनामा मृत्यु

मुम्बई- भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको