राष्ट्रियसभा निर्वाचनमा गठबन्धनलाई सघाउन उपसभापति खड्काको आग्रह « Khabarhub

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनलाई सघाउन उपसभापति खड्काको आग्रह


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रिसभा सदस्य निर्वाचनमा सत्तागठबन्धनका साझा उम्मेदवारका पक्षमा मतदान गर्न भक्तपुरका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापाको निवासमा उनको स्वास्थ्यलाभको कामना गर्न पुगेका रक्षामन्त्री खड्काले राजनीतिक छलफलका क्रममा यस्तो आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसबाट विजयी हुने सांसद, कांग्रेसका प्रदेशसभा सदस्य, जिल्लाका कांग्रेसका नेता एवं पदाधिकारीहरु, प्रतिनिधिसमेतको भेटघाट एवं छलफलमा उनले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई विजयी गराउनुपर्ने कर्तव्य पार्टीमा आएको बताए ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री समेत रहेका उपसभापति खड्काले पार्टी केन्द्रीय कार्यसमितिले जारी गरेको सर्कुलरलाई आत्मसात् गर्दै राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका पक्षमा मतदान गर्नु प्रतिनिधि सबैलाई आह्वान गरेको नेपाली कांग्रेस भक्तपुरका सचिव सुशील बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १० : ५३ बजे

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको