‘विश्व सामाजिक मञ्च’ को बैठक बस्दै « Khabarhub

‘विश्व सामाजिक मञ्च’ को बैठक बस्दै


३ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व सामाजिक मञ्चको १६औँ बैठक आज सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा पाँच दिनसम्म हुने सम्मेलनमा नेपाल र भारतसहित विश्वका ९२ देशका विभिन्न सामाजिक आन्दोलनका अभियन्ता र प्रतिनिधिहरू सहभागी हुने छन् ।

स्विट्जरल्याण्डको डाभोसमा वार्षिक रूपमा आयोजना हुने विश्व आर्थिक मञ्चको विकल्पका रूपमा मञ्चलाई  विकास गरिएको दाबी गरिएको बैठकमा सातवटै महादेशका प्रतिनिधिले भाग लिने बताएको छ ।

‘अर्काे विश्व सम्भव छ’ भन्ने नाराका साथ फागुन ७ गतेसम्म चल्ने बैठकमा आर्थिक असमानता, जलवायु न्याय, श्रम, बसाइँसराइ, जातीय विभेद, लैङ्गिक समानता, शान्ति, दिगो विकासलगायत मुद्दामा छलफल केन्द्रित हुने बताइएको छ ।

सम्मेलनमा नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु संकट, पितृसत्ता, जातजाति, छुवाछुत तथा रंगभेद, नश्लभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा तथा विभेदविरुद्ध छलफल र बहस हुने सम्मेलन व्यवस्थापन समितिले जनाएको छ ।

यस्तै, वातावरणीय दिगोपन, विश्वव्यापी वित्तीय प्रणाली, लैङ्गिक समानता र महिला अधिकार, श्रम अधिकार र प्रवास, शान्ति, न्याय र मानव अधिकार तथा आदिवासी जनजातिका अधिकारबारे पनि छलफल हुनेछ ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ६ : ३८ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस