माओवादीको विधान सम्मेलन आज सकिँदै, अध्यक्ष प्रचण्डले जवाफ दिने « Khabarhub

माओवादीको विधान सम्मेलन आज सकिँदै, अध्यक्ष प्रचण्डले जवाफ दिने


३ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आज सकिँदैछ । फागुन १ गतेबाट सुरु भएको अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको मस्यौदामाथि २० मध्ये १३ वटा समूहले छलफलबाट आएका सुझाव प्रस्तुत गरेका छन् । आज बाँकी ७ वटा समूहले प्रस्तुती दिने छन् ।

महासचिव देवप्रसाद गुरुङले गठन गरिएका २० वटा समूहले प्रस्तावित विधानमा छलफल गरिसके पछि हिजोबाट प्रस्तुतिकरण सुरू भएको जानकारी दिएका छन् ।

२० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रूप दिइने माओवादीले जनाएको छ ।

आज बाँकी समूहको प्रस्तुती सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ । विधान पारित गर्दै अधिवेशन आजै सक्ने माओवादीको तयारी छ ।

प्रस्तुती दिएका अधिकांश समूहले नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत हुनुपर्ने, कमिटी छरितो हुनुपर्ने, पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने सुझाव दिएका छन् ।

जिल्ला समन्वय समितिलाई कार्यकारी बनाउनुपर्ने, संघीयताको मर्मलाई ध्यान दिँदै समन्वय समिति नै राख्नुपर्ने तर अधिकार थप दिनुपर्ने सुझाव छन् ।

यसैगरी, निर्वाचन आयोग, अनुशासन आयोग र लेखा परीक्षण आयोगलाई पूर्ण रुपमा शक्तिशाली बनाउनु पर्ने, आयोगका समिति पालिकास्तरसम्म विस्तार गर्नुपर्ने सुझाव छन् ।

आजको बैठक बिहान ११ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु हुनेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ८ : ४३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र