आईसिसी क्रिकेट विश्वकप लिग २ : नामिबियाविरुद्ध नेपालको खराब ब्याटिङ  « Khabarhub

आईसिसी क्रिकेट विश्वकप लिग २ : नामिबियाविरुद्ध नेपालको खराब ब्याटिङ 


३ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियासँगको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

पहिलो विकेटको रूपमा ओपन कुशल भुर्तेललाई शून्य रनमा गुमाएको नेपालका लागि दोस्रो विकेटको रूपमा अनिल शाह ८ रनमा आउट भए । नामिबियाको धारिलो बलिङ सामु नेपालले रन जोड्न निकै संर्घष गर्नुपर्यो ।

नेपालका कप्तान रोहित शर्मा एक रन बनाएर पभेलिएन फर्किदा अर्का ओपनर आसिफ सेख ४ रनमा आउट भए । नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका भिम सार्की ४४ रनमा आउट भए । कुशल मल्लले १५ रन बनाउँदा सोमपाल कामी २ रनमा आउट भए ।

गुलसन झाले २१ रन बनाउँदा पवज सर्राफ १२ रनमा पभेलिएन फर्किए । अहिले क्रिजमा करण केसी १४ रन बनाएर खेलिरहेका छन् भने ललितराजंशी शून्य रनमा उनलाई साथ दिएका छन् ।

यो आईसिसी क्रिकेट विश्वकप लिग २ को उद्घाटन खेल हो । सन् २०२७ मा हुने विश्वकपका लागि ८ टोलिले लिग २ मा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  १२ : २३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल