गाँस काटेर कुकुर सेवामा समर्पित चिकित्सक | Khabarhub Khabarhub

गाँस काटेर कुकुर सेवामा समर्पित चिकित्सक


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

रश्मी थापा पेशाले चिकित्सक हुन् । मानिसको आयु थप्न उनी दिनरात मेहनत गर्छिन् । अझ महिला आमा, दिदीबहिनीले झेल्नुपरेका स्वास्थ्य समस्याको विज्ञताले भावनात्मक रुपमा पनि उनीभित्र हुटहुटी जाग्छ । एकातिर पेशागत दबाब अर्कातिर ‘एनिमल लभर’ कै कारण कुकुरप्रतिको अगाध प्रेम छोड्न नसक्दा किंकर्तव्यविमूढताको चक्रव्यूहले घेर्ने गर्छ ।

सडकमा दुःख झेलिरहेका कुकुरको दृश्यले मन थाम्न नसक्दा उनी संस्था नै खोलेर उद्धारमा लागिन् । आत्म सन्तुष्टिका लागि सुरु गरेको त्यही काम अघि बढाउन अनेकानेक समस्या झेल्नुपरेको छ । बाहिर सबैले प्रशंसा गरेपनि यस्तो पवित्र कर्ममा पनि सहकार्यको हात बढाउने व्यक्ति, संस्थाको अभाव उनले महसूस गर्दै आएकी छिन । एउटा चिकित्सकको मन कुकुर मोहमा कसरी तानियो ? त्यसका लागि ती दिन सम्झिन आवश्यक छ ।

वीरगञ्ज घर भई कोशी प्रदेशको विराटनगर स्थित नोबेल मेडिकल कलेजमा कार्यरत उनी पहिलो दिन जागिरमा जाँदा जुन दृश्य देखिन, त्यसले कुकुरको सेवा गर्ने प्रेरणा मिल्यो ।

स्कुटर चढेर अस्पताल जाँदै गर्दा सडकमा कुदिरहेका कुकुरका छाउराले उनको मन तान्यो। साह्रै राम्रा, खेलाउँ–खेलाउँ लाग्यो। उनले स्कुटर रोकेर कुकुरका छाउरा सुम्सुम्याइन्आफनो बाटो लागिन् ।

अस्पताल जाँदा–आउँदा निकै दिन यो प्रक्रिया चलिरह्यो। धेरै दिनसम्म आफूले बोकेको खाजा तिनै कुकुरका छाउरालाई खुवाइन् । कुकुरसँग उनको एक खालको आत्मियता बढ्दै गयो । एक दिन अस्पतालबाट डेरा फर्कदै गर्दा उनीसँग खेल्ने मध्येको एउटा छाउरो सडकमै मरिरहेको थियो। गाडीको ठक्करले छाउरो मरेको देखेपछि उनको मन विचलित भयो। आफ्नै सन्तान छुट्टिए झै लाग्यो। त्यसपछि बाँकी अन्य छाउरा देखेर अब यिनीहरूले कति दुख पाउलान् भनेर उनीहरूको भविष्यको चिन्ता लाग्न थाल्यो ।

यी त मैले देखेका मात्रै भए यस्तै अरु कति कुकुरहरू होलान् जसले यसैगरी दुख पाइरहेका होलान्, यिनीहरूको लागि केही गर्नुपर्छ भन्ने उनको मनमा लाग्यो । श्रीमानसँग सल्लाह गरेर सामुदायिक कुकुरहरूको सेवामा लागिन् । कुकुरहरूले दुख पाउनुको मुख्य कारण जनसङ्ख्या धेरै हुनु हो । त्यसैले जनसङ्ख्या घटाउन ककुरको बन्ध्याकरण गर्ने योजना बनाइन् । आफ्नै लगानीमा करिब ६ लाख खर्च गरेर उनले शुरुमा २ सय वटा कुकुरको बन्ध्याकरण गरिन् ।

सहारा एनिमल केयर स्थापना
विराटनगरमा रश्मीले बिस्तारै चिनजानका आधारमा एउटा सहारा एनिमल केयर नामक संस्था दर्ता गरिन् । आफूले देखे भेटेसम्मका बिरामी कुकुरहरूलाई बाटोमै गएर उपचार गर्ने गर्थिन् । पछि स्थानीय सरकारसँग समन्वय गरेर ११ सय कुकुरहरूको बन्ध्याकरण गराइन् ।

सहारा एनिमल केयरमा कुकुरलाई मात्रै किन प्राथमिकता दिनुभयो ? भन्ने खवरहवको प्रश्नमा उनले भनिन् अरु जनावरभन्दा कुकुर अरुमा आश्रित छ जस्तो लागेर कुकुरहरुलाई आश्रय दिइएको हो । कुकुरसँगै एनिमल केयरमा एउटा बाच्छा पनि रहेको उनले बताइन् ।

सहाराले १८ पुस ०७८ देखि अहिलेसम्म छाडा पशुचौपायाको व्यवस्थापनमा सरकारलाई जिम्मेवार बनाउने, शिविरको आयोजना गरी कुकुर लगायतका चौपाया बन्ध्याकरण गरी वृद्धिदर नियन्त्रण गर्ने, घाईते/विरामी पशु चौपायाको उद्धार, उपचार र बासस्थानको व्यवस्थापन गर्ने लगायतका काम गर्दै आएको छ ।

पेशाले डाक्टर र विवाहित महिला भएपनि घरपरिवारबाट राम्रो साथ सहयोग पाएको रश्मी बताउँछिन् । सेल्टरमा इञ्चार्ज, भेटेरीनरी टेक्निसियन र सहयोगी गरी ३ जना कर्मचारी राखिएको र उनीहरूको व्यवस्थापन पनि आफैले गरिरहेको रश्मी बताउँछिन् ।

विराटनगर ५ मा १० कठ्ठा जति जग्गा भेटिएपछि उक्त जग्गा भाडामा लिएर सहाराले पशुचौपायाका लागि सेल्टर निर्माण गरेको छ । अहिले सेल्टरमा निरन्तर २५–५० वटा कुकुर रहेको भेटेनरी टेक्निसियन दिप्शन राईले बताए । धरान, इटहरी लगायत विभिन्न ठाउँबाट पनि बिरामी कुकुरहरू ल्याउने र उपचारपछि जहाँबाट ल्याइएको सोही ठाउँमा फिर्ता पठाउने गरिएको उनले बताए । कुकुरहरूमा क्यान्सर, लुतो, प्यारालाइज लगायतका रोगहरू देखिने गरेको तर उपचारको व्यवस्था त्यति राम्रो नहुँदा समस्या भएको राईको भनाई छ ।

बन्ध्याकरण र पशु अधिकारको प्रश्न
बन्ध्याकरण त एकदमै गर्नुपर्ने कुरा हो । बाटोमा छोडिएको छाडा कुकुरले बच्चा जन्माएपछि उसलाई न खुवाउन सक्छ, न राम्रोसँग पाल्ने मान्छे नै हुन्छन् । अलिकति ठूलो भएपछि उनीहरूले बच्चा छोड्छन् । बच्चाहरूले केही सानो गल्ती गर्दा मानिसले कुट्ने पिट्ने, तातो पानी खन्याइदिने जस्ता काम गर्दा उनीहरूले ठुलो हुन्जेलसम्म धेरै दुख पाउँछन् ।

यसको असर कुकुरहरूलाई मात्रै नभएर अप्रत्यक्ष रुपमा मानिसहरूलाई पनि परिरहेको हुन्छ । प्राय कुकुरहरूमा जुका, किर्ना हुन्छ, घाउ पाकेर कीरा परिरहेको हुन्छ । यसबाट धेरै संक्रमण फैलिएर मानिसमा पनि सर्ने सम्भावना धेरै हुन्छ । जति कुकुरको संख्या बढ्दै गयो, त्यति जेनेटिक रोग जुन जनावरबाट मानिसमा सर्ने रोग हुन्छन् । त्यसको असर झन बढी हुन्छ । त्यसैले यो अधिकार भन्दा पनि मानिसको स्वास्थ्यसँग पनि जोडिएको भएर एकदमै जायज छ ।

आगामी योजना
‘गर्नुपर्ने काम धेरै छ । अहिले त हामीले सामान्य उपचार र बन्ध्याकरण शिविर मात्रै गरिरहेका छौं । आर्थिक सहयोग कतैबाट पनि भएको छैन । आर्थिक सहयोग पाए अझै राम्रो र प्रभावकारी ढंगले सेल्टर सञ्चालन गर्न सहयोग पुग्ने थियो ।’ रश्मीले भनिन् । उसो त यो सरकारले गर्नुपर्ने काम हो । हामीले गरिरहेका छौं । विराटनगर महानगरपालिकासँग एनिमल एम्बुलेन्सको माग गरेका छौं । तर यसबारे महानगरले केही प्रतिक्रिया नजनाएको उनी बताउँछिन् ।

सन्तोष र चुनौती एकसाथ
अनुभुतिको कुरा गर्नुपर्दा मेरो जन्म नै सफल भएको जस्तो लागेको रश्मी भन्छिन् । कुकुरले दुख पाएको देखेर म घरमा गएर आनन्दले सुत्नै सकेको थिइन । अहिले यत्ति गर्न पाउँदा खुशी छु । तर कतैबाट सहयोग पाए अझै राम्रो गर्न सकिन्थ्यो । प्रमुख चुनौती भनेको आर्थिक पाटो हो । कम्तिमा मासिक ८०– ९० हजार खर्च हुन्छ ।

सहारा पशु चौपायाका क्षेत्रमा काम गर्ने कोशी प्रदेशमै एक्लो संस्था हो । राज्यका निकायमा पनि कुकुर लगायतका चौपायाको उपचार गर्नुपर्छ भन्ने चेतनाको विकास भएकै छैन । सहयोग कहीँबाट छैन । अस्पतालबाट आएको तलब र भत्ता समेत उनले त्यसैमा खर्च गर्ने गरेकी छिन् । हालसम्म आफ्नो करिव ५० लाख रुपैयाँ सकिएको रश्मी बताउँछिन् । अर्को चुनौति भनेको भेटेरीनरीको सुविधा पनि राम्रो छैन । विभिन्न ठाउँबाट बिरामी कुकुरहरू ल्याइन्छ, तिनीहरूको उपचारको लागि पनि धेरै नै समस्या हुने गरेको उनीकटु अनुभव सुनाउँछिन् ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १२ : २४ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई