माओवादी पार्टीको नाम नफेरिने, चिह्न फेर्न प्रचण्ड पनि लचिलो  « Khabarhub

माओवादी पार्टीको नाम नफेरिने, चिह्न फेर्न प्रचण्ड पनि लचिलो 


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आज सकिँदै छ । यो विधान सम्मेलनमा पार्टीको नाम फेर्न तत्काल नेताहरू सहमत नहुने देखिन्छन् । 

माओवादी स्रोतका अनुसार पार्टीको नाम परिवर्तन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै तयार छैनन् । २० समूहमा भएको मंगलबार र बुधबारको छलफलमा करिब ५ वटा समूहबाट नाम परिवर्तन गर्ने सुझाव आएको थियो । तर, तत्काल नाम भने परिवर्तन नहुने स्रोतको भनाइ छ । 

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको मस्यौदामाथि २० मध्ये १३ वटा समूहले छलफलबाट आएका सुझाव प्रस्तुत बुधबार नै प्रस्तुत भइसकेको थियो । आज सात  ७ वटा समूहको प्रस्तुति छ । 

माओवादी कोशी प्रदेशका नेता हर्क नेम्बाङ मिक्सोका अनुसार पार्टीको चिह्न फेर्ने विषयमा भने चर्को आवाज उठेको छ । उनले भने, ‘नाम भन्दा पनि चिह्न फेर्ने भन्नेमा ठुलो आवाज उठेको छ । यसमा अध्यक्ष पनि सकारात्मक भएको बुझिएको छ ।’ 

चिह्न फेरेर कुन चिह्न राख्ने भन्नेमा छलफल नभएको नेता माधव सापकोटाको भनाइ छ । उनले भने, ‘फेर्ने कि नफेर्ने भन्ने कुरा निर्णय भएको छैन । अधिकांशको आवाज फेर्नुपर्छ भन्ने छ । तत्काल नाम भने फेरिने सम्भावना छैन ।’ 

२० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रूप दिइने माओवादीले जनाएको छ । आफूले दिएका सुझावको अध्यक्षले गम्भीर रूपमा लिएको नेता झक्कु सुवेदी बताउँछन् । 

२० समूहको प्रस्तुति सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र विधान पारित गर्दै अधिवेशन आजै सक्ने माओवादीको तयारी छ । 

यता केन्द्रीय समिति प्रत्यक्ष निर्वाचन गर्ने कुरामा सबै सहमत भएको तर पदाधिकारी चुनिने कुरामा भने विवाद छ । माओवादीका युवाहरूले भने पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाट चुनिनु पर्ने आवाज उठाइरहेका छन् । तर, यसमा नेतृत्व तहका केही नेताहरू केन्द्रीय समितिले पदाधिकारी चुन्नुपर्ने बताइरहेका छन् । माओवादी स्रोतका अनुसार पदाधिकारी केन्द्रीय समितिले नै चुन्नु पर्नेमा सहमति जुट्ने सम्भावना छ  । 

यस्तै पार्टीमा उपाध्यक्ष र उपमहासचिव धेरै भएको भन्दै पदाधिकारीको सङ्ख्या ११ जना र केन्द्रीय समितिको सङ्ख्या १ सय ५१ जना हुनुपर्ने विधान बनाउन माग गरिएको छ । यो पनि पारित हुने सम्भावना छ । यस्तै दुई पटक प्रदेशमा बसेपछि केन्द्रीय समितिमा आउन पाइने तथा दुई कार्यकाल केन्द्रीय समितिमा बसेपछि पदाधिकारी हुन पाइने व्यवस्था गरिने पनि बताइएको छ । यस्तै जिल्ला र पालिकाको हकमा पनि दुई कार्यकाल तल्लो कमिटीमा काम गरेको हुनुपर्ने आवाज छ । 

स्थायी समिति पनि खारेज गर्नुपर्ने तीव्र आवाज उठेको छ । जिल्ला समन्वय समितिलाई कार्यकारी बनाउनुपर्ने, संघीयताको मर्मलाई ध्यान दिँदै समन्वय समिति नै राख्नुपर्ने र अधिकार थप दिनुपर्ने सुझाव छन् ।

यस्तै हरेक कमिटी छरितो हुनुपर्ने आवाज पनि समावेश छ  ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १२ : ३३ बजे

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व

प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण

जलेश्वर– प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई