नामिबियालाई नेपालको सामान्य लक्ष्य « Khabarhub

नामिबियालाई नेपालको सामान्य लक्ष्य


३ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा नेपालले नामिबियालाई सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । नेपालका लागि भिम सार्कीले सर्वाधिक ४४ रन बनाए । अन्य ब्याट्सम्यानले सम्झन लायम प्रर्दशन नगर्दा नेपाल १३२ रनमा समेटियो ।

पहिलो विकेटको रूपमा ओपन कुशल भुर्तेललाई शून्य रनमा गुमाएको नेपालका लागि दोस्रो विकेटको रूपमा अनिल शाह ८ रनमा आउट भए । नामिबियाको धारिलो बलिङ सामु नेपालले रन जोड्न निकै संर्घष गर्नुपर्यो । नेपालका कप्तान रोहित शर्मा एक रन बनाएर पभेलिएन फर्किदा अर्का ओपनर आसिफ सेख ४ रनमा आउट भए ।

नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका भिम सार्की ४४ रनमा आउट भए । कुशल मल्लले १५ रन बनाउँदा सोमपाल कामी २ रनमा आउट भए । गुलसन झाले २१ रन बनाउँदा पवज सर्राफ १२ रनमा पभेलिएन फर्किए । करण केसी १६ रन बनाएर आउट हुँदा ललितराज वंशी शून्य रनमा नटआउट रहे ।

नामिबियाका गिर्हाड इरासमुसले ५ विकेट लिए । १३३ रनको विजयी लक्ष्य पाएको नामिबिया केही बेरमा जवाफी ब्याटिङमा उत्रनेछ । यो आईसिसी क्रिकेट विश्वकप लिग २ को उद्घाटन खेल हो । सन् २०२७ मा हुने विश्वकपका लागि ८ टोलिले लिग २ मा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  १२ : ४८ बजे

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित

मौसम विभागले भन्यो- नेपालमा तीव्र हावाहुरीको सम्भावना छैन

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा

हुम्ला-सुर्खेत सडक जीर्ण, यात्रीलाई सास्ती

हुम्ला– हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ ।

टीभीएस को ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा : आकर्षक अफरसहित के छन् सुविधा ?

काठमाडौं– नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आजदेखि

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

हेटौँडा– शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय