नामिबियालाई नेपालको सामान्य लक्ष्य « Khabarhub

नामिबियालाई नेपालको सामान्य लक्ष्य


३ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा नेपालले नामिबियालाई सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । नेपालका लागि भिम सार्कीले सर्वाधिक ४४ रन बनाए । अन्य ब्याट्सम्यानले सम्झन लायम प्रर्दशन नगर्दा नेपाल १३२ रनमा समेटियो ।

पहिलो विकेटको रूपमा ओपन कुशल भुर्तेललाई शून्य रनमा गुमाएको नेपालका लागि दोस्रो विकेटको रूपमा अनिल शाह ८ रनमा आउट भए । नामिबियाको धारिलो बलिङ सामु नेपालले रन जोड्न निकै संर्घष गर्नुपर्यो । नेपालका कप्तान रोहित शर्मा एक रन बनाएर पभेलिएन फर्किदा अर्का ओपनर आसिफ सेख ४ रनमा आउट भए ।

नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका भिम सार्की ४४ रनमा आउट भए । कुशल मल्लले १५ रन बनाउँदा सोमपाल कामी २ रनमा आउट भए । गुलसन झाले २१ रन बनाउँदा पवज सर्राफ १२ रनमा पभेलिएन फर्किए । करण केसी १६ रन बनाएर आउट हुँदा ललितराज वंशी शून्य रनमा नटआउट रहे ।

नामिबियाका गिर्हाड इरासमुसले ५ विकेट लिए । १३३ रनको विजयी लक्ष्य पाएको नामिबिया केही बेरमा जवाफी ब्याटिङमा उत्रनेछ । यो आईसिसी क्रिकेट विश्वकप लिग २ को उद्घाटन खेल हो । सन् २०२७ मा हुने विश्वकपका लागि ८ टोलिले लिग २ मा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  १२ : ४८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया