एकताका लागि दौड प्रतियोगिता गर्दै नेपाली सेना « Khabarhub

एकताका लागि दौड प्रतियोगिता गर्दै नेपाली सेना


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नेपाली सेना उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतले ‘एकताका लागि दौड प्रतियोगिता–२०८०’ आयोजना गर्ने भएको छ।

पृतना हेडक्वाटरले सुर्खेतमा आज पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन १२ गते शनिबारका दिन वीरेन्द्रनगरमा दौड प्रतियोगिता गर्ने जनाएको छ । कार्यक्रममा पृतनापति कृष्णदेव भट्टले नेपाली सेनाले राष्ट्रिय विकास, प्रकृति संरक्षण र विपद्लगायतका क्षेत्रमा काम गर्दै आएको जनाउँदै पछिल्लो समयमा पत्रकार, नागरिकसँग सम्बन्ध बढाउन जनहितका गतिविधि गर्दै आएको बताए। 

उनले भने, “सेनाले विपद् जोखिममा मात्र काम गरेको छैन, यसले स्वास्थ्य शिविर सञ्चालन, रक्तदान, हेलिप्याड, प्रतिक्षालय, पुल तथा विद्यालय भवन निर्माण र नागरिक सचेतना तथा राष्ट्रिय हित हुने कार्यक्रम पनि गर्दै आएको छ, हामीले सेना र प्रेसबीचको अन्तरसम्बन्धमा अभिवृद्धि तथा जानकारी आदानप्रदान गर्ने ध्येयले पत्रकार भेटघाट कार्यक्रम गरेका हौँ ।’

महासेनानी सुवास खड्काले नेपाली सेनाले संविधानप्रदत्त र जङ्गीअड्डाद्वारा निर्देशित कार्यक्रम गर्दै आएको बताए। ‘उत्तर–पश्चिम पृतनाले कर्णालीका आठ र लुम्बिनीका दुई जिल्ला गरेर ३१ हजार आठ सय ९६ वर्ग किलोमिटर क्षेत्रफलको उत्तर–दक्षिणका जिल्ला हेर्दै आएको छ’, महासेनानी खड्काले भने, ‘जाजरकोट भूकम्पका बेला एक हजार १४ नेपाली सेना परिचालन गरी विपद् प्रतिकार्य, खोज तथा उद्धारका काम गरिएको थियो ।’

उनले यही फागुन १२ गते कक्षा ८ देखि १२ सम्मका लागि महिला र पुरुष पाँच किलोमिटर, खुला पुरुष तथा महिला दौड १० किलोमिटर र हाफ म्याराथन २१ किलोमिटर, खुला पुरुष दौड प्रतियोगिता हुने बताए । महासेनानी खड्काका अनुसार पाँच किलोमिटरमा भाग लिएर प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने ८ देखि १२ कक्षासम्मका विद्यार्थीलाई क्रमशः रु दश, पाँच र तीन हजार पुरस्कार दिइनेछ ।

त्यस्तै १० किलोमिटरमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने खेलाडीलाई रु २०, १५ र १० हजार तथा २१ किलोमिटर हाफ म्याराथनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई ३५, २५ र १५ हजार पुरस्कार दिइने उत्तरपश्चिम पृतना हेडक्वार्टर सुर्खेतले जनाएको छ । 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १ : १३ बजे

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की – पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२