माओवादी अधिवेशन : अध्यक्षको विधान मस्यौदामाथि सुझाव संकलन सकियो  « Khabarhub

माओवादी अधिवेशन : अध्यक्षको विधान मस्यौदामाथि सुझाव संकलन सकियो 

जनप्रतिनिधि चयन गर्दा पार्टी कमिटीबाट निर्वाचित हुनुपर्ने सुझाव 


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव संकलन गर्ने कार्य सम्पन्न भएको छ । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरुबाट आज सात टोलीबाट सुझाव प्रस्तुत गरे । 

मङ्गंगलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । हिजो बुधबार १३ समूहबाट मस्यौदा विधानमाथि सुझाव प्रस्तुत भइसकेको थियो । 

आज विधानमाथि सुझाव प्रस्तुत गर्दै  कमला नहर्कीले पार्टीलाई श्रम र उत्पादनमा सहभागी गराउने, रूपान्तरणको नयाँ अभियान थालनी गनुपर्ने र समावेशी क्लष्टरबाट खसआर्यलाई हटाउनुपलगायतका सुझाव प्रस्तुत गरे  

प्रेम बयकले विधानको प्रस्तावना छोटो हुनुपर्ने एवं जनउत्तरदायी पार्टी बनाउनेगरी पार्टी निर्माण गर्नुपर्ने सुझाव प्रस्तुत गर्नुभयो । ।उनले सङ्गठनात्मक सिद्धान्त छोटो हुनुपर्ने र मानार्थ सदस्य थप्नुपर्ने सुझाव प्रस्तुत गरे ।   

युवराज दुलालले चुनाव चिह्न फेर्नुपर्ने, जनवादी केन्द्रीयता मात्रै राख्नु राम्रो हुने तथा विचारको स्वतन्त्रता र कामकारवाहीमा एकरूपतामा राखौँ भन्ने सुझाव प्रस्तुत गरे । उनले समान पदमा २ कार्यकाल मात्र राख्ने व्यवस्था गर्नुपर्नेमा आफ्नो समूहको जोड रहेको उल्लेख गरे ।  

राजकाजी गुरुङले विधानको भाषा उत्कृष्ट हुनुपर्ने उल्लेख गर्दै विधान पालना गर्ने सामूहिक प्रतिबद्धता स्पष्ट आउनुपर्ने सुझाव पेश गरे । उनले जनप्रतिनिधि चयन गर्दा पार्टी कमिटीबाट निर्वाचित हुने प्रावधान राख्नुपर्ने सुझाव पेश गरे । 

रामदीप आचार्यले पार्टीलाई प्रबलीकरण हो वा पुनर्निर्माण गर्ने हो यसलाई स्पष्ट पारे । उनले निर्वाचनका लागि ठूला लेयरहरू हटाउनुपर्ने सुझाव दिए ।  

कृष्णध्वज खड्काले पार्टीलाई वैकल्पिक केन्द्रीय सदस्यको व्यवस्था र केन्द्रीय समितिको विधान परिवर्तन गर्न नपाउने गरी व्यवस्था गर्नुपर्ने सुझाव पेश गरे । आयोगलाई प्रभावकारी तुल्याउनुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै उहाँले विषयगत दक्षता भएकालाई समेटेर संगठित गर्नुपर्ने व्यवस्था गनुपर्ने उल्लेख गरे । 

सुमन देवकोटाले कार्यकर्ताको सूचक निर्माण गर्नुपर्ने र सम्पत्ती सार्वजनिक गर्नुपर्ने सुझाव आफ्नो समूहको रहेको जानकारी गराए । संघीयताको मर्मअनुसार विधान तयार गरिनुपर्ने उल्लेख गर्दै विभागहरु प्नि विधानमा नै उल्लेख गर्नुपर्ने सुझाव पेश गर

माओवादीक‍ो विधान अधिवेशनमा आए चुनाव चिह्नदेखि नामै फेर्नुपर्नेसम्मका सुझाव

पदाधिकारीबारे माओवादी अधिवेशनमा विवाद(विधानको मस्यौदासहित)

माओवादीको विधान सम्मेलन आज सकिँदै, अध्यक्ष प्रचण्डले जवाफ दिने

माओवादी विधान अधिवेशन स् प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने बलियो मत

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १ : २९ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री