माओवादी अधिवेशन : अध्यक्षको विधान मस्यौदामाथि सुझाव संकलन सकियो  « Khabarhub

माओवादी अधिवेशन : अध्यक्षको विधान मस्यौदामाथि सुझाव संकलन सकियो 

जनप्रतिनिधि चयन गर्दा पार्टी कमिटीबाट निर्वाचित हुनुपर्ने सुझाव 


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव संकलन गर्ने कार्य सम्पन्न भएको छ । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरुबाट आज सात टोलीबाट सुझाव प्रस्तुत गरे । 

मङ्गंगलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । हिजो बुधबार १३ समूहबाट मस्यौदा विधानमाथि सुझाव प्रस्तुत भइसकेको थियो । 

आज विधानमाथि सुझाव प्रस्तुत गर्दै  कमला नहर्कीले पार्टीलाई श्रम र उत्पादनमा सहभागी गराउने, रूपान्तरणको नयाँ अभियान थालनी गनुपर्ने र समावेशी क्लष्टरबाट खसआर्यलाई हटाउनुपलगायतका सुझाव प्रस्तुत गरे  

प्रेम बयकले विधानको प्रस्तावना छोटो हुनुपर्ने एवं जनउत्तरदायी पार्टी बनाउनेगरी पार्टी निर्माण गर्नुपर्ने सुझाव प्रस्तुत गर्नुभयो । ।उनले सङ्गठनात्मक सिद्धान्त छोटो हुनुपर्ने र मानार्थ सदस्य थप्नुपर्ने सुझाव प्रस्तुत गरे ।   

युवराज दुलालले चुनाव चिह्न फेर्नुपर्ने, जनवादी केन्द्रीयता मात्रै राख्नु राम्रो हुने तथा विचारको स्वतन्त्रता र कामकारवाहीमा एकरूपतामा राखौँ भन्ने सुझाव प्रस्तुत गरे । उनले समान पदमा २ कार्यकाल मात्र राख्ने व्यवस्था गर्नुपर्नेमा आफ्नो समूहको जोड रहेको उल्लेख गरे ।  

राजकाजी गुरुङले विधानको भाषा उत्कृष्ट हुनुपर्ने उल्लेख गर्दै विधान पालना गर्ने सामूहिक प्रतिबद्धता स्पष्ट आउनुपर्ने सुझाव पेश गरे । उनले जनप्रतिनिधि चयन गर्दा पार्टी कमिटीबाट निर्वाचित हुने प्रावधान राख्नुपर्ने सुझाव पेश गरे । 

रामदीप आचार्यले पार्टीलाई प्रबलीकरण हो वा पुनर्निर्माण गर्ने हो यसलाई स्पष्ट पारे । उनले निर्वाचनका लागि ठूला लेयरहरू हटाउनुपर्ने सुझाव दिए ।  

कृष्णध्वज खड्काले पार्टीलाई वैकल्पिक केन्द्रीय सदस्यको व्यवस्था र केन्द्रीय समितिको विधान परिवर्तन गर्न नपाउने गरी व्यवस्था गर्नुपर्ने सुझाव पेश गरे । आयोगलाई प्रभावकारी तुल्याउनुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै उहाँले विषयगत दक्षता भएकालाई समेटेर संगठित गर्नुपर्ने व्यवस्था गनुपर्ने उल्लेख गरे । 

सुमन देवकोटाले कार्यकर्ताको सूचक निर्माण गर्नुपर्ने र सम्पत्ती सार्वजनिक गर्नुपर्ने सुझाव आफ्नो समूहको रहेको जानकारी गराए । संघीयताको मर्मअनुसार विधान तयार गरिनुपर्ने उल्लेख गर्दै विभागहरु प्नि विधानमा नै उल्लेख गर्नुपर्ने सुझाव पेश गर

माओवादीक‍ो विधान अधिवेशनमा आए चुनाव चिह्नदेखि नामै फेर्नुपर्नेसम्मका सुझाव

पदाधिकारीबारे माओवादी अधिवेशनमा विवाद(विधानको मस्यौदासहित)

माओवादीको विधान सम्मेलन आज सकिँदै, अध्यक्ष प्रचण्डले जवाफ दिने

माओवादी विधान अधिवेशन स् प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने बलियो मत

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  १ : २९ बजे

सरकारले सुरक्षा दिए चुनावमा जान तयार छौँ, एमाले पनि तयार छ : सभापति देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरू निर्वाचनमा

कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौं – नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई थप १५ वर्षको जेल सजाय

एजेन्सी – मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचारको मुद्दामा दोषी

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्न आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक

तीन नेतालाई प्रधानमन्त्री कार्कीको आग्रह : जसरी भएपनि निर्वाचन सफल पारौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई