लागूऔषध नियन्त्रणमा रंगेली प्रहरीद्वारा ६ महिनामा १३ जनालाई कारबाही « Khabarhub

लागूऔषध नियन्त्रणमा रंगेली प्रहरीद्वारा ६ महिनामा १३ जनालाई कारबाही


३ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

मोरङ– इलाका प्रहरी कार्यालय रंगेलीले गएको ६ महिनामा १३ जनालाई लागूऔषध मुद्दामा कारबाही गरेको छ ।

प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंका अन्लेसार  भारतीय सीमा क्षेत्रमा पर्ने रंगेली चोप्राह बोर्डर, आमगाछी, धनापट्टी, सिक्टी, बरडंगा, मायागन्ज, नोचा लगायतका बोर्डरबाट ठुलो मात्रामा लागूऔषध ओसार पसार हुने गरेको छ ।

सोही क्रममा गएको ६ महिनामा लागूऔषध ओसार पसारमा संलग्न एक टेम्पो, चारवटा मोटरसाइकल सहित १३ जनालाई पक्राउ गरी मुद्दा चलाइएको चौलागाईले बताए ।

उनीहरूको साथबाट ७ केजी ५०० ग्राम गाँजा, लागूऔषध ट्याबलेट ७ हजार ५३१ पिस, ब्राउन सुगर १ हजार ८५० मिलिग्राम, प्रतिवन्धित सिरप २१ बोतल फेला परेको थियो । सोही अवधीमा ३ जना लागूऔषध प्रयोगकर्तालाई पनि सुधार केन्द्रमा पठाइएको छ ।

लागूऔषधको अवस्था भयावह हुँदै गएपछि प्रहरीले विद्यालयमा जनचेतनामूलक कार्यक्रम समेत गरेको छ । यसअवधिमा १२१ पटक जनचेतनामूलक कार्यक्रम गरिसकेको चौलागाईंले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  १ : ५९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४