‘वीर अस्पतालमै पाइने औषधीहरू फार्मेसीमा किन्न पठाइयो’ « Khabarhub

‘वीर अस्पतालमै पाइने औषधीहरू फार्मेसीमा किन्न पठाइयो’


३ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालको औषधी पसलले अधिकांश औषधी किन्न बाहिर पठाउने गरेको खुलेको छ ।

बिहीबार स्वास्थ्य मन्त्रीसहितको मन्त्रालयको टोलीले गरेको अनुगमनका क्रममा वीर अस्पतालको औषधी पसलमा रहेका औषधीहरू पनि बाहिरको फार्मेसीमा किन्न पठाउने गरेको खुलेको हो ।

अस्पतालभित्र रहेका दुईवटा औषधी पसलले अधिकांश औषधी नभएको भन्दै बाहिर किन्न पठाउने गरेको पाइएको स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।

अनुगमनका क्रममा वीरका फार्मेसीमा नभएको भनिएको औषधी स्टोरमा रहेको पाइएको थियो । स्वास्थ्य मन्त्री बस्नेतले १५ दिनभित्र वीर भित्रको फार्मेसी विस्तार गरि सवै प्रकारका औषधी राख्न निर्देशन दिएका थिए ।

त्यस्तै अनुगमन टोलीले अस्पतालबाहिरको दुईवटा औषधी पसलको अनुगमन गर्दा मापदण्ड बिपरित पाइएपछि सिल गर्न निर्देशन दिएको छ । अस्पतालबाहिरको उपकार सेवा फामेर्सी र सत्यम फार्मेसीमा म्याद सकिएका औषधि राखेको, महङ्गोमा औषधी बिक्रिबितरण गरेको, स्टोरको व्यवस्था राम्रो नभएको पाइएपछि सिल गर्न निर्देशन दिएको स्वास्थ्यमन्त्री बस्नेतले जानकारी दिए ।

उनले औषधी पसललाई सुधार गर्न निरन्तर अनुगमन गरिने बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  २ : ४८ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको