पानामा तटमा डुंगा पल्टिंदा चार जनाको मृत्यु, सात बेपत्ता | Khabarhub Khabarhub

पानामा तटमा डुंगा पल्टिंदा चार जनाको मृत्यु, सात बेपत्ता


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खराब मौसमका कारण पानामाको उत्तरपूर्वी तटमा डुंगा पल्टिंदा चार आप्रवासीको मृत्यु हुनुका साथै अन्य सात जना बेपत्ता भएको पानामाका अधिकारीहरूले बुधबार बताएका छन् ।

मध्य अमेरिकी देशको राष्ट्रिय सीमा सेवाले गरेको पोस्ट तथा स्थानीय सञ्चारमाध्यमको रिपोर्टअनुसार दुर्घटनामा परेका अन्य १४ जना सुरक्षित छन् ।

कोलम्बियाबाट आएको उक्त डुङ्गा पानामाको गुना यला आदिवासी प्रान्तको क्यारेटो समुदाय नजिकै पल्टिएको थियो ।

अध्यागमन अधिकारीसँगको समन्वयमा शवहरूको व्यवस्थापन तथा जीवित मानिसहरूको उद्धार गर्ने कार्य जारी रहेको छ ।
प्रत्येक वर्ष हजारौँ आप्रवासी कामको खोजीमा पानामामा प्रवेश गर्ने प्रयास गर्छन् ।

विशाल वन क्षेत्र तथा र दलदलबाट ६० माइल वरपर फैलिएको, डेरियनलाई  विश्वको सबैभन्दा खतरनाक बसाइसराइ पार्टीहरूमध्ये एक मानिन्छ ।  सेनाका अनुसार डेरियन पदमार्ग नभई घना जंगल हो । 

सेनाले हालसालै अन्तर्राष्ट्रिय आपराधिक सङ्गठनहरूद्वारा आप्रवासी तस्करीको सामना गर्न आप्रवासी डुङ्गाहरूको बढ्दो आगमन रोक्न गस्ती र अन्य उपायहरू बलियो बनाएको बताएको छ । 

सन्  २०२३ मा मात्रै पाँच लाख २० हजार ८५ आप्रवासी कोलम्बियाबाट पानामा ड्यारियन सीमा क्षेत्र हुँदै गएका थिए । यसैगरी सन् २००९ देखि २०२२  सम्म यही मार्गबाट आएका  पाँचलाख १४४ भन्दा बढी आप्रवासी रहेको पानामाको राष्ट्रिय आप्रवासी सेवाको तथ्यांकले देखाएको छ ।  

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  २ : ५४ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग