विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन सुरु | Khabarhub Khabarhub

विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन सुरु


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व सामाजिक मञ्चको १६औँ सम्मेलन बिहीबारबाट काठमाडौंमा सुरु भएको छ ।

बिहीबारदेखि विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले चार दिनसम्म सम्मेलन सञ्चालन हुनेछ । अर्को विश्व सम्भव छ भन्ने नाराका साथ सुरु भएको सम्मेलनको उद्घाटनका क्रममा भृकुटीमण्डपबाट रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपसम्म मार्चपास गरिएको छ ।

सो क्रममा पदयात्रामा न्याय, शान्ति, समानता, विभेदको अन्त्यलगायत सामग्री समेटिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

पदयात्रालाई विभिन्न क्षेत्र र अधिकारसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले ऐक्यबद्धता जनाएका थिए । सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता रहेको छ ।

सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानून, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ३ : १५ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु