विधानबारे पदाधिकारीबीच छलफल जारी, सहमति जुटेपछि अध्यक्षले सार्वजनिक गर्ने  « Khabarhub

विधानबारे पदाधिकारीबीच छलफल जारी, सहमति जुटेपछि अध्यक्षले सार्वजनिक गर्ने 


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा पार्टी पदाधिकारीबीच विधानबारे छलफल भइरहेको छ । 

पार्टी पदाधिकारीबीच छलफलबाट  सहमति जुटाएर मात्र विधानले पूर्णरूप लिने बताइएको छ । हाल विधानमा कस्ता कुरा संशोधन गर्ने भन्ने कुरा पदाधिकारी बसेर छलफल भइरहेको बैठकमा उपस्थित एक पदाधिकारीले खबरहबलाई बताए । 

ती नेताका अनुसार पदाधिकारीले विधानमा सहमति जुटाएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्ने छन् । विधानमा सहमति जुटे अध्यक्षले ४ बजेपछि विधान  सार्वजनिक गर्ने बताइएको छ ।

 अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको मस्यौदामाथि २० मध्ये १३ वटा समूहले छलफलबाट आएका सुझाव प्रस्तुत बुधवार नै प्रस्तुत भइसकेको थियो । आज सात  ७ वटा समूहको प्रस्तुति गरेका थिए ।  

यता केन्द्रीय समिति प्रत्यक्ष निर्वाचन गर्ने कुरामा सबै सहमत भएको तर पदाधिकारी चुनिने कुरामा भने विवाद छ ।
माओवादीका युवाहरूले भने पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाट चुनिनु पर्ने आवाज उठाइरहेका छन् । 

तर, यसमा नेतृत्व तहका केही नेताहरू केन्द्रीय समितिले पदाधिकारी चुन्नुपर्ने बताइरहेका छन् । माओवादी स्रोतका अनुसार पदाधिकारी केन्द्रीय समितिले नै चुन्नु पर्नेमा सहमति जुट्ने सम्भावना छ  । 

यस्तै पार्टीमा उपाध्यक्ष र उपमहासचिव धेरै भएको भन्दै पदाधिकारीको सङ्ख्या ११ जना र केन्द्रीय समितिको सङ्ख्या १ सय ५१ जना हुनुपर्ने विधान बनाउन माग गरिएको छ । यो पनि पारित हुने सम्भावना छ । 

यस्तै दुई पटक प्रदेशमा बसेपछि केन्द्रीय समितिमा आउन पाइने तथा दुई कार्यकाल केन्द्रीय समितिमा बसेपछि पदाधिकारी हुन पाइने व्यवस्था गरिने पनि बताइएको छ । यस्तै जिल्ला र पालिकाको हकमा पनि दुई कार्यकाल तल्लो कमिटीमा काम गरेको हुनुपर्ने आवाज छ । 

स्थायी समिति पनि खारेज गर्नुपर्ने तीव्र आवाज उठेको छ । जिल्ला समन्वय समितिलाई कार्यकारी बनाउनुपर्ने, संघीयताको मर्मलाई ध्यान दिँदै समन्वय समिति नै राख्नुपर्ने र अधिकार थप दिनुपर्ने सुझाव छन् ।

यस्तै हरेक कमिटी छरितो हुनुपर्ने आवाज पनि समावेश छ  । पार्टीको नाम र चुनाव चिह्न पनि फेर्नुपर्ने आवाज व्यापक उठिरहेको छ । चुनाव चिह्न भने फेर्न अध्यक्ष प्रचण्ड पनि सकारात्मक रहेको देखिन्छ ।

माओवादी अधिवेशन : अध्यक्षको विधान मस्यौदामाथि सुझाव संकलन सकियो

माओवादीक‍ो विधान अधिवेशनमा आए चुनाव चिह्नदेखि नामै फेर्नुपर्नेसम्मका सुझाव

पदाधिकारीबारे माओवादी अधिवेशनमा विवाद(विधानको मस्यौदासहित)

माओवादीको विधान सम्मेलन आज सकिँदै, अध्यक्ष प्रचण्डले जवाफ दिने

माओवादी विधान अधिवेशन स् प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने बलियो मत

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  २ : २४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्