लालुगाउँमा पहिलाे पटक बल्याे बिजुलि बत्ती « Khabarhub

लालुगाउँमा पहिलाे पटक बल्याे बिजुलि बत्ती


३ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कालिकोट– कालिकोट नरहरिनाथ गाउँपालिका–९ को लालुगाउँमा विद्युत्को राष्ट्रिय प्रसारण लाइनले जोडिएको छ ।  गाउँमा थ्रीफेज वितरण ट्रान्सफर्मर जडान तथा सञ्चालन भएको हो ।

पहिलो पटक गाउँमा विद्युत्को ११ केभी राष्ट्रिय प्रसारण लाइन जडान भएपछि वडाका दुई सय घरधुरीमा विद्युत् पुगेको वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए ।

‘विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीवनस्तरमा थप सुधार हुने अपेक्षा गरिएको छ’, उनले भने, ‘राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार नहुँदा यसअघि सौर्य बत्तीमार्फत नागरिकलाई सेवा प्रवाह हुँदै आएको थियो ।’

विद्युत् सेवा जडान भएसँगै यहाँका स्थानीयको दैनिकी सहज हुने वडाध्यक्ष बोहोराले बताए ।

‘अहिले यहाँका करिब एक हजार घरधुरीमा अबको करिब एक महिनाभित्र बत्ती बाल्ने योजना छ’, उनले भने, ‘पहिलो चरणमा दुई सय घरधुरीमा विद्युत् जडान गरिएको छ ।’

कालीकोटका नौ स्थानीय तहमध्ये आठ वटामा बिजुली पुगेको र पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले बताए ।

‘विद्युत् पुगेका पालिकाको वडा, प्रत्येक टोलमा प्रसारण लाइन जडानको काम चलिरहेको छ’, उनले भने, ‘चालु आर्थिक वर्षमा जिल्लाभर विद्युत् विस्तार गर्ने लक्ष्य राखिएको छ ।’

जिल्लामा कुल २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म पाँच हजार पाँच सय घरमा विद्युत्को मिटर जडान गरिएको नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ५ : १० बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५