लालुगाउँमा पहिलाे पटक बल्याे बिजुलि बत्ती « Khabarhub

लालुगाउँमा पहिलाे पटक बल्याे बिजुलि बत्ती


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कालिकोट– कालिकोट नरहरिनाथ गाउँपालिका–९ को लालुगाउँमा विद्युत्को राष्ट्रिय प्रसारण लाइनले जोडिएको छ ।  गाउँमा थ्रीफेज वितरण ट्रान्सफर्मर जडान तथा सञ्चालन भएको हो ।

पहिलो पटक गाउँमा विद्युत्को ११ केभी राष्ट्रिय प्रसारण लाइन जडान भएपछि वडाका दुई सय घरधुरीमा विद्युत् पुगेको वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए ।

‘विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीवनस्तरमा थप सुधार हुने अपेक्षा गरिएको छ’, उनले भने, ‘राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार नहुँदा यसअघि सौर्य बत्तीमार्फत नागरिकलाई सेवा प्रवाह हुँदै आएको थियो ।’

विद्युत् सेवा जडान भएसँगै यहाँका स्थानीयको दैनिकी सहज हुने वडाध्यक्ष बोहोराले बताए ।

‘अहिले यहाँका करिब एक हजार घरधुरीमा अबको करिब एक महिनाभित्र बत्ती बाल्ने योजना छ’, उनले भने, ‘पहिलो चरणमा दुई सय घरधुरीमा विद्युत् जडान गरिएको छ ।’

कालीकोटका नौ स्थानीय तहमध्ये आठ वटामा बिजुली पुगेको र पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले बताए ।

‘विद्युत् पुगेका पालिकाको वडा, प्रत्येक टोलमा प्रसारण लाइन जडानको काम चलिरहेको छ’, उनले भने, ‘चालु आर्थिक वर्षमा जिल्लाभर विद्युत् विस्तार गर्ने लक्ष्य राखिएको छ ।’

जिल्लामा कुल २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म पाँच हजार पाँच सय घरमा विद्युत्को मिटर जडान गरिएको नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ५ : १० बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका