इजरायलले राफाहमा आक्रमण बढाए सङकट उत्पन्न हुने डब्लुएचओको चेतावनी   « Khabarhub

इजरायलले राफाहमा आक्रमण बढाए सङकट उत्पन्न हुने डब्लुएचओको चेतावनी  


३ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार दक्षिणी गाजा पट्टीको सहर रफाहमा इजरायली भूमि आक्रमणको सम्भावित विस्तारले निम्त्याउन सक्ने अथाह संकटको चेतावनी दिएको छ ।

राफाहबाट भर्चुअल प्रेस ब्रिफ्रिङमा बोल्दै, कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रका डब्लूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले सहरमा जम्मा भएका १.५ मिलियन मानिसहर सुरक्षित नभएको तथा विस्थापनको नयाँ लहरले थप घाइते भएको बताए  ।

यसले मानिसहरूको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याई स्वास्थ्य प्रणालीलाई पतनको संघारमा धकेल्ने, पिपरकर्नले बताए । 

रफाहमा केवल तीनवटा आंशिक रूपमा कार्यरत अस्पतालहरूले वास्तविक आवश्यकताको तुलनामा केवल चार सय ५० सैया सहित सेवा प्रदान गर्ने गरेको डब्लूएचओ प्रतिनिधिले बताएका छन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले बुधबार रफाको विनाशकारी अवस्थाबारे यस्तै टिप्पणी गरेको थियो । खाना, पिउने पानी, सरसफाइ, स्वास्थ्य सेवा र सुरक्षाको समेत अभाव  रहेको रेडक्रसले जनाएको छ । 

निरन्तर तनाव र डरले चोटपटक, उमेर र अशक्तता लगायतका धेरै बासिन्दाहरू कमजोर अवस्थामा छन् । सामान्य सङ्क्रमण तथा रोगबाट मृत्यु हुने जोखिम बढेको मानवतावादी सङ्गठनले  जनाएका छन् । 

नोभेम्बरदेखि फेब्रुअरी  नौ सम्म, डब्लूएचओका लगभग ४० प्रतिशत मिसनहरू उत्तरी गाजामा पुगेका छन् ।  जस मध्ये ४५ प्रतिशत दक्षिणमा सहज बनाइएका छन भने बाँकी अस्वीकार  गरि स्थगित गरिएको  पिपरकर्नले उल्लेख गरे ।  

स्वास्थ्य एजेन्सीले तत्काल युद्धविराममा पुग्न नसके पनि महत्वपूर्ण सहायता प्रदान गर्न निरन्तर मानवीय सहयोगका प्रक्रियाहरू कोरिडोरहरू जारी राख्न आह्वान गरेको छ । 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ५ : ५९ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा