उपराष्ट्रपति यादव र जापानी राजदूत युताकाबीच शिष्टाचार भेट | Khabarhub Khabarhub

उपराष्ट्रपति यादव र जापानी राजदूत युताकाबीच शिष्टाचार भेट


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध आर्थिक सहयोगलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा उपराष्ट्रपति यादवले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको बताए ।

“जापानले नेपाललाई अनुदान, ऋण, बहुपक्षीय निकायबाट आर्थिक एवं प्राविधिक सहयोग गर्दै आएको छ”, उनले भने, “औद्योगिक विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी लाभान्वित हुन चाहन्छौँ ।”

त्यस अवसरमा जापानी राजदूतले दुई देशबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै जापानबाट नेपाललाई निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सन् १९५६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई मुलुकबीचको सम्बन्ध प्रगाढ बन्दै गएको छ । जापान नेपालको प्रमुख विकास साझेदार पनि हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ८ : ४१ बजे

कोरियाका राजदूतले भने- रोष्टरमा रहेका नेपाली कामदारलाई रोजगारमा लैजान पहल गर्छु

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग नेपालका लागि

रविका साझेदार छविलाई ८८ लाख धरौटीमा छाड्न आदेश, बिगो थियो ७४ करोडको

पोखरा- पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गत

२८ करोड बिगोको मुद्दामा रविसँग अदालतले माग्यो ६५ लाख धरौटी

काठमाडौं- जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र

एनएमबी बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – एनएमबी बैंकको २९औं साधारण सभा सम्पन्न भएको छ

अर्थसंक्षेप : विश्वबैंकको ऋणमा नेपालको लाइफलाइन, पुँजीगत खर्चमा प्रदेश सरकार अब्बल

काठमाडौं- विश्व बैंकको ऋणमा नेपालको मुख्य सडकहरू फसेका छन् ।