अमेरिका लैजाने भन्दै ११ भारतीयलाई काठमाडौं ल्याएर बन्धक « Khabarhub

अमेरिका लैजाने भन्दै ११ भारतीयलाई काठमाडौं ल्याएर बन्धक


३ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई काठमाडौँमा ल्याएर बन्धक बनाएको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ परेका भारतीय नागरिक ५४ वर्षीय अब्दुल रहिम, ३० वर्षीय रवि मिवदे, ४२ वर्षीय चरणजित सिंह, ४७ वर्षीय मनिषकुमार मल्होत्रा, अशोक कुमार, ५१ वर्षीय निपुन गुप्ता, ५८ वर्षीय इन्दुसिंह यादव, ४८ वर्षीय रामचन्द्र शर्मा र नेपाली नागरिक २५ वर्षीय लक्ष्मण गिरीलाई सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीका अनुसार आठैजनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।

आरोपीतले बन्धक बनाएका ११ जनालाई काठमाडौँ महानगरपालिका–९ रातोपुलबाट उद्धार गरिएको हो । नेपाली नागरिक गिरीले आरोपीतका कागजात फोटोकपि लगायतका काम गरिदिने गरेको खुलेको छ । उनीहरुविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

अमेरिका पठाउन एक जनाको ४० लाखदेखि ४५ लाख भारतीय रुपैयाँ लाग्ने भन्दै उनीहरुले घरबाट पैसा मगाउन लगाएको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

प्रहरीले उद्धार गरेका भारतीय नागरिकमा गुरुनिन्दर सिंह, सुवास कुँवर, भुपेन्द्र सिंह, प्रतिक, मानबिर सिंह, जग्दीप सिंह, गुरप्रित सिंह, कुलदीप सिंह, राकेश कुमार, आशिस कुमार र गुरप्रित सिंह रहेका प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  १० : १० बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको