राजनीतिक दलले असल व्यवहार अनुसरण गर्नुपर्छ : सभामुख घिमिरे « Khabarhub

राजनीतिक दलले असल व्यवहार अनुसरण गर्नुपर्छ : सभामुख घिमिरे


३ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

उदयपुर – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दल र तिनका नेताले राम्रो काम र व्यवहारको अनुसरण गर्नुपर्ने बताएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा प्रजातान्त्रिक योद्धा गम्भीरबहादुर थापाको आज सालिक अनावरण गर्दै सभामुख घिमिरेले उहाँले नेपालमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उदयपुरको माटोमा जन्मिनुएका थापा २००७ सालको प्रजातान्त्रिक योद्धाका साथै गान्धिवादी नेता भएको उनले उल्लेख गरे ।

विसं २००७ मा राणा शासनविरुद्ध लड्नुभएका थापाले प्रजातन्त्र स्थापनापछि स्वदेशमा उत्पादन गरिएको कपडा लगाउने भन्दै विराटनगर जुटमिलबाट उत्पादित लुगा मात्र लगाउनुभएको सभामुख घिमिरेले स्मरण गरे ।

गम्भीरबहादुर थापा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सांसद् अमर रायमाझी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरे, प्रहरी प्रमुख रमेश थापासहित जिल्लाका विभिन्न राजनीतिक दलका नेतालगायतको उपस्थिति थियो । जिल्ला हुलाक कार्यालयका प्रमूख हरिप्रसाद खत्रीका अनुसार स्व थापाको फोटोसहितको रु १० को टिकट आजैदेखि प्रयोगमा आएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  १० : ४८ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि