यौन दुर्व्यवहार र चोरी रोक्न ‘सेफ्टी पिन क्याम्पियन’ « Khabarhub

यौन दुर्व्यवहार र चोरी रोक्न ‘सेफ्टी पिन क्याम्पियन’


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक स्थान, कार्यालय, यातायातका साधनलगायतमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुर्व्यवहार र चोरी नियन्त्रणमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ‘सेफ्टी पिन क्याम्पियन’ लाई तीव्रता दिएको छ । 

सर्वसाधारणबाट सार्वजनिकस्थलमै यौन दुर्व्यवहारका घटना भएको गुनासो बढेपछि त्यसलाई रोक्न सूक्ष्म निगरानी गरी त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन उपत्यका प्रहरीले उक्त अभियानमा सादा पोसाकमा प्रहरी कर्मचारी खटाउँदै आएको छ । 

उपत्यकाका विभिन्न क्षेत्रमा आठवटा टोलीले अहिले निगरानी गरिरहेको र उक्त अभियानले सकारात्मक नतिजा दिइरहेको उपत्यका प्रहरीले जनाएको छ ।

अभियानअन्तर्गत चालु आर्थिक वर्षमा मात्रै एक हजार आठ सयजनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुमध्ये एक सय ७८ जनामाथि भने मुद्दा नै चलाइएको र बाँकी एक हजार छ सयभन्दा बढीलाई अब त्यस्तो व्यवहार प्रदर्शन नगर्ने सर्तमा परिवारको जिम्मा लगाएर छाडिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताए ।

उनले यो अभियान प्रहरीले २०७४ देखि नै सुरु गरेको र २०७७ देखि भने  कार्ययोजना नै स्वीकृत गरी अभियान जारी रहेको जानकारी दिए । उपत्यका प्रहरीले महिला बालबालिकाको मानसिक तथा अमर्यादित क्रियाकलापमा पीडित र साक्षी मौन बस्ने गरेको देखिएको र विभिन्न पार्क, सार्वजनिकस्थल, मनोरञ्जनात्मक स्थल, सेवा प्रवाह हुने ठाउँ, कार्यालय वा जमघट हुने स्थानमा यौनजन्य दुर्व्यवहार बढी हुने पाइएकाले त्यस्ता गतिविधि र अन्य आपराधिक क्रियाकलाप रोक्न उक्त अभियान थालेको हो । 

साथै अपराधीलाई कानुनी कारबाही गर्न, सार्वजनिक स्थान र सार्वजनिक यातायातमा महिला बालबालिकामाथि हुने यौनजन्य दुर्व्यवहारका घटनाबारे खुलेर आवाज उठाउनसक्ने बनाउन तथा पीडकलाई कानुनी कारबाही गर्ने उद्देश्यले उक्त अभियान थालिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली बताउँछन्। उनले उक्त अभियानले सकारात्मक प्रभाव परिरहेको र अझै प्रभावकारी बनाउने योजनाका साथ प्रहरी लागेको बताए ।

 

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १२ : ४८ बजे

होल्डिङ सेन्टरमा औषधीको भरमा बाँचिरहेकी पुष्पा

काठमाडौँ – छेउमै प्लास्टिकमा पोको पारेर राखिएको औषधीको बिटो छ

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

दाङ– दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको

बेल्जियम लिगमा नेपाली खेलाडीको दबदबा: गुल्सन र ललितले देखाए जादू, सन्दीप र दीपेन्द्रले आज खेल्ने

काठमाडौँ – नेपालका आठ क्रिकेटरले बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम

‘आईपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

भरतपुर– चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) कृषक पाठशालासम्बन्धी

नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह

तनहुँ– तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा