सवारी दुर्घटना न्यूनीकरण गर्न दीर्घकालीन रणनीति बनाउन माग « Khabarhub

सवारी दुर्घटना न्यूनीकरण गर्न दीर्घकालीन रणनीति बनाउन माग


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सुदन किरातीले सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न दीर्घकालीन रणनीति बनाउन सरकारसमक्ष माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा भाग लिँदै उनले सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गम्भीर अध्ययन गरी रणनीतिका साथ ‘क्लालेन्डर’ बनाएर काम गर्न आग्रह गरे ।

सांसद किरातीले सवारी दुर्घटनाको मुख्य कारण पूर्वाधार पनि भएकाले यसबारे जनचेतना अभिवृद्धि गरिनुपर्नेमा खाँचो औँल्याए । साथै उनले उदयपुरमा बिहीबार भएको जिप दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराए । उनले दुर्घटनामा परी मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरे ।

धरानबाट भोजपुर जाने क्रममा उदयपुरको बेलका–७ मैनामैनीस्थित चेङ्ग्रे भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै नौ जना गम्भीर घाइते भएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद अमरबहादुर रायमाझीले जिप दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र उपचारको व्यवस्था गर्न र दुर्घटना न्यूनीकरण गरी सडकको अवस्था सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १ : ०५ बजे

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस