वित्तीय संस्थाले ऋणीको उठीवास गराए : सांसद नेपाली « Khabarhub

वित्तीय संस्थाले ऋणीको उठीवास गराए : सांसद नेपाली


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाकी सांसद अनिशा नेपालीले बैंक तथा वित्तीय संस्थाले ऋणीको उठीवास गराएको आरोप लगाएकी छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले बैंक तथा वित्तीय संस्थाले जथाभाबी लगानी गरेर ऋणीको उठीवास गराएको आरोप लगाएकी हुन् ।

बैंकहरूले ऋणीलाई दुःख दिएको भन्दै उनले भनिन्, ‘बैंक तथा वित्तीय संस्थाले जथाभाबी रूपमा लगानी गरेर ऋणीलाई उठीवास लगाएको सर्वजीवितै छ । साँवा र ब्याज फिर्ता पाऊँ भनी यसको विरुद्ध पीडितहरूले आन्दोलन पनि गरिरहेका छन् ।  एकातिर कुनै व्यक्तिले नक्कली तमसुक गरी ऋण दिएमा १० प्रतिशत ब्याज असुल गर्न पाउने भन्ने कानुनी व्यवस्था छ, तर अर्कोतर्फ सबै बैंकले ऋण लगानी गरेबापत चर्को ब्याज असुल मात्र गरेका छैनन्, सेवा शुल्क भनेर रकम असुल गर्ने र ब्याजलाई साँवामा परिणत गरेर जथाभाबी ब्याजमाथि ब्याज लगाउने अपराधी काम गरिरहेका छन् ।’

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको