खेलकुदमन्त्रीलाई प्रश्न- टीयूको क्रिकेट ग्राउन्डमा फ्रडलाइट र स्कोर बोर्ड कहिले आउँछ ?   | Khabarhub Khabarhub

खेलकुदमन्त्रीलाई प्रश्न- टीयूको क्रिकेट ग्राउन्डमा फ्रडलाइट र स्कोर बोर्ड कहिले आउँछ ?  


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपाका सांसद असिम शाहले आफ्नै पार्टीबाट युवा तथा खेलकुदमन्त्री बनेका विराजभक्त श्रेष्ठलाई खेलक्षेत्रका विषयमा प्रश्न गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले टीयूको क्रिकेट ग्राउन्डमा फ्रडलाइट र स्कोर बोर्ड कहिले आउँछ ? भन्दै प्रश्न गरेका हुन् । यसका साथै उनले दशरथ रंगशालामा हुन तय भएको बहराइनविरुद्धको खेल नहुनुको पछाडिको कमजोरी के रह्यो भन्दै पनि प्रश्न गरेका छन् ।

आफ्नै पार्टीबाट खेलकुदमन्त्री बनेका श्रेष्ठलाई प्रश्न गर्दै सांसद शाहले भने, ‘खेलकुदमन्त्रीलाई म प्रश्न गर्न चाहन्छु– दशरथ रंगशालामा हुन तय भएको बहराइनविरुद्धको खेल नहुनुको पछाडिको कमजोरी के रह्यो ? टीयूको क्रिकेट ग्राउन्डमा फ्रडलाइट र स्कोर बोर्ड कहिले आउँछ ? बहुसंख्यक फुटबल खेलाडीहरू विदेश पलायन भइरहेकोमा उनीहरूलाई स्वदेश फर्काउने तयारी के हुँदै छ ? संसारमा ई–स्पोर्ट्सले फड्को मारिसक्यो । हामीले पनि ई–स्पोर्ट्सलाई अगाडि बढाउन ढिला गर्न हुँदैन ।’

आफ्नै पार्टीका मन्त्री भए पनि जनताका प्रश्न निरन्तर उठाउने भन्दै उनले भने, ‘हामी पहिले प्रतिपक्षमा थियौँ । अहिले सत्तापक्षमा छौँ । हाम्रा आसन परिवर्तन भए पनि जनताको पक्षमा आवाज उठाइनै रहन्छौँ । उत्तर दिने ठाउँमा हाम्रा साथीहरू भए पनि निरन्तर हामी खबरदारी गरिरहनेछौँ ।’

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १ : ४० बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा