प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित « Khabarhub

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि संसदमा उठेका विषयमा सरकारबाट जवाफ नआएको भन्दै विरोध जनाएपछि आजको बैठक केहीबेरका लागि स्थगित गरिएको हो ।

बैठकमा सांसद रमेश लेखकले प्रतिपक्षी दलले पटक-पटक उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएको भन्दै सभामुखको ध्यानाकर्षण गराए। उनले भने, ‘प्रतिपक्षले उठाएका विषयमा प्रधानमन्त्रीले जवाफ दिनका लागि संसदबाट रुलिङ भएको छ । तर, प्रधानमन्त्रीको जवाफ नआएसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्रीले संसदमा राख्नुहुने प्रस्तावमाथि छलफल गर्न सकिदैन । तर प्रतिपक्ष नेपाली काँग्रेसले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको कार्यसूचीमा अवरोध गर्दैन ।’

आज उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । सभामुख देवराज घिमिरेले निर्धारित कार्यसूचिमा अगाडि बढ्न आग्रह गरेपनि प्रतिपक्षी दलका सांसदले आसनबाट उठेर विरोध जनाएपछि बैठक केही समयका लागि स्थगित गरिएको हो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  २ : ५२ बजे

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौं– भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

झापा २ : बढ्दै देवराज र स्वागतको चुनौती, उत्साहित इन्दिरा र सरिता

काठमाडौं- यस पटकको निर्वाचनमा चर्चाको शिखरमा छ झापा । नेकपा

शहीदका सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा : बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले

काठमाडौँ–तराईरमधेस दू्रतमार्ग : ४५ प्रतिशत प्रगति

लेनडाँडा– देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराईरमधेस दू्रतमार्ग (फाष्ट