रौतहटमा मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार, तीन जना पक्राउ « Khabarhub

रौतहटमा मनी ट्रान्सफर सञ्चालक माथि गोली प्रहार, तीन जना पक्राउ


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.1k
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ । राैतहटकाे परोहा नगरपालिका–९ रामपुरखाप स्थित मनि ट्रान्सफरमा शुक्रबार दिउँसाे १ बजे लुटेराहरुले गोली हानेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठका अनुसार गाेली लागि घाइते भएका साहलाई उपचारका लागि वीरगञ्ज  पठाइएकाे छ । उनले खबरहबसँग भने ‘उहाँकाे अवस्था चिन्ताजनक छ । कन्चटमा गाेली लागेकाे छ ।’

प्रहरीका अनुसार घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएकाे छ । उनीहरुकाे साथबाट एक थान कटुवा पेस्ताेल पनि बरामद गरेकाे छ ।

श्रेष्ठका अनुसार मनिषकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंहलाई घटनामा संलग्न भएकाे आराेपमा पक्राउ गरीएकाे हाे ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ३ : १४ बजे

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली