बाँदर व्यवस्थापनका विषयमा तालिम लिन भारत जाने प्राविधिककाे बिदाइ « Khabarhub

बाँदर व्यवस्थापनका विषयमा तालिम लिन भारत जाने प्राविधिककाे बिदाइ


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले बाँदर व्यवस्थापनका विषयमा तालिमका लागि भारत जाने प्राविधिकहरूलाई बिदाइ गरेकी छन् ।

शुक्रबार प्रतिनिधि सभाको अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा सभापति आरजु देउवाले बाँदर व्यवस्थापन गर्न भारतको सिमला जाने भेटेरिनरी डाक्टर, बायोल्याब स्काउटहरूलाई तथा प्राविधिकहरुलाई बिदाइ गरेकी हुन् ।

बिदाइ कार्यक्रममा समिति सभापति देउवाले नेपालका सुदूरपश्चिम , कर्णाली प्रदेश लगायतका जिल्लाहरूमा बाँदरको आतंकले घरवास नै गुमाउनुपरेको अवस्थामा यसको समाधानका लागि यो तालिम महत्त्वपूर्ण हुने बताइन् । साथै उनले बाँदरले निम्त्याएको समस्यालाई यस तालिमले केही हदसम्म भए पनि समाधान गर्ने बताउँदै यस विषयले आफूलाई खुसी बनाएको उल्लेख गरिन् ।

उनले नेपालका विभिन्न जिल्ला बाँदर आतंक रोक्नका लागि बाँदरको निर्यात, बाँदरको संख्या कसरी घटाउने र बन्ध्याकरण विषयमा प्राविधिकहरुले भारतमा लिएर आउने तालिमले समस्या समाधान गर्नेमा विश्वस्त रहेको उल्लेख गरिन् ।

साथै उनले कृषि मन्त्रालयले पनि तालिममा सिकेका विषयहरूको कार्यान्वयन र बजेटमा पनि विशेष ध्यान दिन आग्रह गरिन्।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ५ : ३९ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको