मन्त्रिपरिषदका दुई निर्णय : सीआईबीमा हेरफेर, सुनको प्रतिवेदन पढ्ने « Khabarhub

मन्त्रिपरिषदका दुई निर्णय : सीआईबीमा हेरफेर, सुनको प्रतिवेदन पढ्ने

सीआइबी प्रमुख किरण बज्राचार्यलाई हटाएर श्याम ज्ञवालीलाई जिम्मा


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुन तस्करी प्रकरणको छानविनमा कैफियत गरेको आरोप लागेपछि सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआएबी) की प्रमुख एआइजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको छ। उनको ठाउँमा एआइजी श्याम ज्ञवालीलाई सीआइबी प्रमुख बनाइएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले छानविनका लागि सहज गराउन भन्दै बज्राचार्यको ठाउँमा ज्ञवालीलाई सीआईबीमा पठाएको हो ।

सुन तस्करीसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले विहीबार सरकारलाई बुझाएको प्रतिवेदनमा सीआइबीले छानविनमा कैफियत गरेको रिपोर्ट दिएको थियो । त्यसैका आधारमा सरकारले बज्राचार्जलाई सीआइबी प्रमुखबाट हटाएको हो ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने र दोषीमाथि कारवाही गर्ने निर्णय लिएको सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

दुई एआईजीको सुरुवाबारे जानकारी दिँदै मन्त्री शर्माले भनिन्, ‘नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभागबाट एआइजी श्याम ज्ञवालीलाई सीआइबीमा र एआइजी किरण बज्राचार्यलाई नेपाल प्रहरीको प्रधान कार्यालय कार्यविभागमा सुरुवा गर्ने निर्णय भएको छ ।’

मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिँदै मन्त्री शर्माले भनिन्, ‘सुनको अबैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जुन हामीले जाँचबुझ आयोग बनाएका थियौं, त्यसले चैत १ गते गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने भन्ने क्याबिनेटले निर्णय गरेको छ ।’

मन्त्री शर्माले थपिन्, ‘पहिलो कुरा त यो प्रतिवेदन अध्ययन गर्नुपर्‍यो । हिजोमात्रै आयोगले गृहमन्त्रीलाई बुझायो । आज गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाउनुभयो । यसको गम्भीरतालाई ख्याल गर्दै आजको आजै, प्रतिवेदन बुझेको केही घण्टामै क्याबिनेटको बैठक बसेर यो निर्णय गरिएको छ ।’

दोषी कसैलाई पनि सरकारले नछाड्ने मन्त्री शर्माले दाबी गरिन् । उनले भनिन्,‘यसमा प्रधानमन्त्रीज्यू लगायत सिंगो सरकारको स्पष्ट धारणा के हो भने दोषी कोही पनि छुट्नु हुन्न, निर्दोष कोही पनि पर्नुहुन्न भन्ने सुरुदेखि नै अडान छ । त्यो अडानमा को व्यक्ति, कस्तो व्यक्ति भन्ने कुरा रहेन । यसमा दोषी ठहर भइसकेपछि, प्रमाणले पुगेपछि जोसुकै पनि कारवाहीको दायरामा आउने कुरा स्वाभाविक भैहाल्यो ।’

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ८ : २२ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ