कोशी ट्रफी : फाइनलमा आर्मी र कर्णाली भिड्ने « Khabarhub

कोशी ट्रफी : फाइनलमा आर्मी र कर्णाली भिड्ने


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रवेश गरेको छ ।

विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई पाँच विकेटले पन्छाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको हो ।

आर्मीले यस सिजनमा पिएम कप र केपी ओली कप गरी दुईपटक फाइनल खेलिसकेको छ । आर्मी पिएम कपमा पुलिससँग र केपी ओली कपमा मधेस प्रदेशसँग फाइनलमा पराजित भएको हो ।

टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाई एक सय ६३ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका नारायण जोशीले आक्रमक ब्याटिङ गर्दै २२ बलमा छ छक्का र चार चौका प्रहार गर्दै ५९ रन बनाए ।

उनले १७ बलमा हाफ सेन्चुरी बनाएका थिए । त्यस्तै किरण ठगुन्नाले ४३ रन बनाए । आर्मीका वसिर अहमदले चार ओभरमा २३ रन दिएर चार विकेट लिँदा नितेश पटेल तीन विकेट लिए ।

जवाफमा एक सय ६४ रनको लक्ष्य पछ्याएको आर्मीले वसिर अहमदको अर्धशतकले १९ दशमलव एक बलमा पाँच विकेटको सो विजयी लक्ष्य पार गरेको थियो ।

आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमदले २८ बलमा दुई छक्का र पाँच चौका प्रहार गरी अविजित ५० रन बनाउँदा तृतराजथ दासले ३८ रन र सन्तोष कार्कीले ३१ रन बनाए । सुदूरका दीपक बोहोराले दुई विकेट लिँदा हेमन्त धामी र नरेन साउदले एक–एक विकेट लिए ।

दोस्रो खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा १८ दशमलव दुई बलमा सबै बिकेट गुमाई एक सय ५१ रनको स्कोर बनाएको थियो ।

लुम्बिनीका लागि आकाश त्रिपाठीले ३९ बलमा एक छक्का र १० चौका प्रहार गरी ६५ रन बनाउँदा मृनल गुरुङले २२ रन, दिलसाद अलीले १४ रन र कप्तान देव खनालले १२ रनको योगदान दिएका थिए । कर्णालीका प्लेयर अफ म्याच दीपेन्द्र रावतले चार ओभरमा ३१ रन दिएर चार विकेट लिँदा प्रकाश जैसीले तीन, दिवान पुनले दुई विकेट लिए ।

जवाफमा एक सय ५२ रनको लक्ष्य पाएको कर्णालीले १८ दशमलव पाँच बलमा पाँच बिकेटसहित विजयी लक्ष्य भेट्टाएको थियो ।

कर्णालीका अर्जुन घर्तीले २७ बलमा एक छक्का र पाँच चौका प्रहार गरी अविजित ४३ रनको पारी खेले भने दिनेश अधिकारीले २० बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै अविजित ३६ रनको योगदान दिए । एक समयमा ११ दशमलव ५ बलमा ७८ रनमा पाँचौ विकेट गएको थियो । घर्ती र अधिकारीले छैटौँ बिकेटका लागि ४२ बलमा अविजित ७४ रनको सानदार साझेदारी गरे ।

त्यस्तै रवीन्द्र शाहीले २४ रन र विपिन राउतले १९ रनको योगदान दिए । लुम्बिनीका वीर मगर, निर्मल गुरुङ, देव खनाल, नर सार्की र कृष्ण कार्कीले समान एक–एक विकेट लिए । फाइनल खेल शनिबार दिउँसो १२ बजे हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ८ : ०५ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको