श्रममन्त्री अर्यालद्वारा कुवेतमा दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारसँग भेट « Khabarhub

श्रममन्त्री अर्यालद्वारा कुवेतमा दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारसँग भेट


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले कुवेतमा सवारी साधन दुर्घटनामा परी मृत्यू भएका अछामका सुरत बहादुर कडायतको परिवारसँग भेट गरेका छन् ।

भेटमा सुरतका भाई झम्क बहादुर कडायतले शवलाई घरसम्म पुराउने व्यवस्था गरिदिन तथा गन्तब्य मुलुकबाट पाउने क्षतिपूर्ति रकम सहज रुपमा प्राप्त हुने व्यवस्था गरिदिन समेत आग्रह गरेका थिए । मन्त्री अर्यालले मन्त्रालयले आवश्यक प्रक्रियाको लागि वैदेशिक रोजगार बोर्डलाई निर्देशन दिएको बताए।

मंगलबार बिहान त्यहाँको महाबुल्ला एरियाको सिसाईड सडकमा दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा काठमाण्डौंका सुजन कार्की , आछामका सुरत बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेका छन ।

साथीको कोठाबाट कम्पनीको कामको लागि हिंड्ने क्रममा बाटो क्रसिङ गर्दा स्थानीय नागरिकको गाडीले ठक्कर दिंदा तीन जनाकै घटनास्थलमै मृत्यु भएको थियो। उनीहरुको शव फरेन्सिक विभागमा सारिएको छ भने गाडी चालक कुवेती नागरिक पक्राउ परेका छन् ।

घटनाबारे अनुसन्धान थालिएको र शंकास्पद व्यक्ति कुवेत प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ। मृतकहरु तीनै जना कुवेतको पापाजोन कम्पनीमा काम गर्दै आएका थिए ।

कुवेतस्थित नेपाली दूतावासले पनि घटना बारे जानकारी पाएपछि कम्पनी र परिवारसँग सम्पर्क भैसकेको भन्दै आवश्यक कानुनी प्रक्रिया पुरा गरेर मृतकहरुको शव चाडै नेपाल पठाउने जनाएको छ।

पछिल्लो समय कुवेतको सडकमा ट्राफिक लाईटको पालना नगर्दा धेरै नेपालीहरुले सदाका दुर्घटनामा ज्यान गुमाउने गरेका छन्।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ९ : १७ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा

कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द

हेटौँडा– लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्ने क्रम