श्रममन्त्री अर्यालद्वारा कुवेतमा दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारसँग भेट | Khabarhub Khabarhub

श्रममन्त्री अर्यालद्वारा कुवेतमा दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारसँग भेट


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले कुवेतमा सवारी साधन दुर्घटनामा परी मृत्यू भएका अछामका सुरत बहादुर कडायतको परिवारसँग भेट गरेका छन् ।

भेटमा सुरतका भाई झम्क बहादुर कडायतले शवलाई घरसम्म पुराउने व्यवस्था गरिदिन तथा गन्तब्य मुलुकबाट पाउने क्षतिपूर्ति रकम सहज रुपमा प्राप्त हुने व्यवस्था गरिदिन समेत आग्रह गरेका थिए । मन्त्री अर्यालले मन्त्रालयले आवश्यक प्रक्रियाको लागि वैदेशिक रोजगार बोर्डलाई निर्देशन दिएको बताए।

मंगलबार बिहान त्यहाँको महाबुल्ला एरियाको सिसाईड सडकमा दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा काठमाण्डौंका सुजन कार्की , आछामका सुरत बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेका छन ।

साथीको कोठाबाट कम्पनीको कामको लागि हिंड्ने क्रममा बाटो क्रसिङ गर्दा स्थानीय नागरिकको गाडीले ठक्कर दिंदा तीन जनाकै घटनास्थलमै मृत्यु भएको थियो। उनीहरुको शव फरेन्सिक विभागमा सारिएको छ भने गाडी चालक कुवेती नागरिक पक्राउ परेका छन् ।

घटनाबारे अनुसन्धान थालिएको र शंकास्पद व्यक्ति कुवेत प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ। मृतकहरु तीनै जना कुवेतको पापाजोन कम्पनीमा काम गर्दै आएका थिए ।

कुवेतस्थित नेपाली दूतावासले पनि घटना बारे जानकारी पाएपछि कम्पनी र परिवारसँग सम्पर्क भैसकेको भन्दै आवश्यक कानुनी प्रक्रिया पुरा गरेर मृतकहरुको शव चाडै नेपाल पठाउने जनाएको छ।

पछिल्लो समय कुवेतको सडकमा ट्राफिक लाईटको पालना नगर्दा धेरै नेपालीहरुले सदाका दुर्घटनामा ज्यान गुमाउने गरेका छन्।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ९ : १७ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका