चीनको अन्तरिक्ष स्टेसनद्वारा प्रारम्भिक परीक्षण पूरा « Khabarhub

चीनको अन्तरिक्ष स्टेसनद्वारा प्रारम्भिक परीक्षण पूरा


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

बेइजिङ । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा प्रारम्भिकरूपमा अतिरिक्त वाहन जोखिम परीक्षण पूरा गरेको छ ।

प्रयोगात्मक उपकरण र भौतिक नमूनाहरूको पहिलो ब्याचका साथ परिक्रमा गर्ने अन्तरिक्ष यानलाई सुरक्षितरूपमा पुनः प्राप्त गर्दै परीक्षण पूरा गरेको चिनियाँ विज्ञान एकेडेमीको राष्ट्रिय अन्तरिक्ष विज्ञान केन्द्रले शुक्रबार जानकारी दिएको छ ।

पृथ्वीमा रहेका वैज्ञानिकहरू र जहाजमा रहेको रोबोटिकको सहयोगमा प्रयोगात्मक उपकरण र नमूनाहरू अन्तरिक्ष स्टेसनको बाहिरी भागबाट स्टेसनको एयरलक मोड्युलमा राति नौ बजेर सारिएको थियो ।

परिक्रमा गर्ने टेकोनट दललाई पछि प्रयोगशाला मोड्युलमा सारियो । त्यहाँ उनीहरूले नमूनालाई अलग गरेर सङ्गृहीत गरे । केन्द्रले ती नमूनालाई सेनझोउ अन्तरिक्ष यानबाट पृथ्वीमा ल्याउने र थप अनुसन्धानका लागि वैज्ञानिकहरूलाई दिइने जनाएको छ ।

अतिरिक्त वाहन एक्स्पोजर प्रयोगात्मक उपकरण सन् २०२३ मार्च ८ मा प्रक्षेपण गरिएको थियो र एक वर्षदेखि यो कक्षमा रहेको छ । स्थापना गरिएको चार सयभन्दा बढी सामग्री नमूनाको पहिलो ब्याचलाई गैर–धातु र धातु सामग्रीमा विभाजन गरिएको थियो ।

केन्द्रका अनुसार सन् २०२४ मेमा परिक्रमा गर्ने टेकोनटले प्रयोगात्मक उपकरणहरूमा नमूनाको नयाँ ब्याच स्थापना गर्ने र अन्तरिक्ष एक्स्पोजर परीक्षणको नयाँ चरण सुरु गर्नेछ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ९ : ५४ बजे

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान