भारतद्वारा आफ्ना नागरिकलाई म्यान्मा छाड्न निर्देशन « Khabarhub

भारतद्वारा आफ्ना नागरिकलाई म्यान्मा छाड्न निर्देशन


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली । म्यान्माको रखाइन राज्यको बिग्रँदो सुरक्षा स्थितिका बीच भारतको विदेश मन्त्रालयले सम्पूर्ण भारतीय नागरिकलाई उक्त स्थान खाली गर्न निर्देशन दिएको छ ।

“रखाइन राज्यको अवस्था नाजुक रहेको छ । सुरक्षा स्थिति बिग्रँदो छ । हामीले त्यहाँ रहेका सम्पूर्ण भारतीय नागरिकलाई यथाशीघ्र उक्त ठाउँ छाड्न र कतैबाट त्यस क्षेत्रमा यात्रा नगर्न निर्देशन जारी गरेका छौँ”, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने ।

उनले रखाइन राज्यमा निरन्तर द्वन्द्व भइरहेकाले सुरक्षा स्थिति प्रतिकूल रहेको जानकारी दिए । “निरन्तर द्वन्द्वका कारण सुरक्षा स्थिति प्रतिकूल भए पनि हामी दुवै पक्षलाई शान्ति सुरक्षा कायम राख्न आह्वान गर्दछौँ”, भारतले म्यान्मामा शान्ति र सुरक्षा चाहेको भन्दै प्रवक्ता जैसवालले भने, “हामी म्यान्मामा शान्ति र स्थिरता चाहन्छौँ, रचनात्मक संवाद चाहन्छौँ तथा संवाद र रचनात्मक संलग्नतामार्फत हामी समावेशी लोकतन्त्रको स्थापना गर्न चाहन्छौँ ।”

गत फेब्रुअरीमा भारत सरकारले बिग्रँदो सुरक्षा स्थितिका बीच रखाइन राज्यमा यात्रा नगर्न सल्लाह दिँदै सम्पूर्ण भारतीय नागरिकमा निर्देशन जारी गरेको थियो । त्यहाँको बिग्रँदो सुरक्षा स्थिति, दूरसञ्चार साधनको अवरोध र अत्यावश्यक वस्तुहरूको चरम अभावका बारेमा प्रकाश पार्दै मन्त्रालयले रखाइन राज्यमा बसोबास गरिरहेका भारतीय नागरिकलाई तत्काल उक्त स्थान खाली गर्न सल्लाह दिएको हो ।

हाल म्यान्मामा हिंसाका घटना बढिरहेका छन् । गत अक्टोबरमा तीन जातीय अल्पसङ्ख्यक शक्तिले समन्वित आक्रमण गरेर केही सहर र सैनिक चौकीहरू कब्जामा लिएपछि हिंसाका घटना बढेका हुन् । विज्ञहरूले यस घटनालाई सन् २०२१ मा सत्ता लिएपछि जुन्ता सरकारका लागि ‘सबैभन्दा ठूलो परीक्षा’ भनेका छन् ।

उक्त घटनापश्चात म्यान्माली सेनाले सीमावर्ती क्षेत्रमा हवाई हमला गरेपछि भारत–म्यान्मा सीमामा रहेको भारतीय राज्य मिजोरममा म्यानमाबाट ठूलो सङ्ख्यामा मानिसहरूको आगमन भएको थियो ।

तीन वर्षअघि सेनाले सत्ता कब्जा गरेको म्यानमाले फेब्रुअरी १ मा सैन्य विद्रोहको तेस्रो वार्षिकोत्सव मनाएको हो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : १९ बजे

भारतबाट ६५४ मेगावाट विद्युत् आयात अनुमति नवीकरण

काठमाडौं– भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी

चुनावी खर्चबारे आएका समाचारमा निर्वाचन आयोगको स्पष्टिकरण

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन खर्चसम्बन्धी विषयमा हालै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति

बिल बीजकबिनाका करिब १५ लाख बराबरका मोबाइल पार्ट्स बरामद

काठमाडौं– बिल बीजकबिनाका करिब १५ लाख रुपैयाँ बराबरका मोबाइलका पार्ट्स

बुधबार १० अंकले बढ्यो नेप्से, ५ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८७ अंकले बढेको छ

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले