सहकारी ठगीबारे अनुसन्धान गर्न दीपेश पुनलाई भैरहवा लगियो « Khabarhub

सहकारी ठगीबारे अनुसन्धान गर्न दीपेश पुनलाई भैरहवा लगियो


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सहकारी ठगी र सुन तस्करी प्रकरणमा काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही लगिएको छ ।

प्रहरी स्रोतका अनुसार रुपन्देहीमा उनीविरुद्ध सहकारी ठगीसम्बन्धी उजुरी परेकाले अनुसन्धानका लागि शुक्रबार नै त्यस तर्फ लगिएको हो ।

रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको उनीमाथि आरोप छ । उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।

उनी शुक्रबार नै काठमाडौंको धापासीबाट पक्राउ परेका थिए । यस्तै सुन तस्करबारे जाँचबुझ आयोगले पनि पुनलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

याे पनि…

  • पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ, सांसदले खोजे सम्पत्तिको स्रोत

 

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ११ : ३४ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने