सहकारी ठगीबारे अनुसन्धान गर्न दीपेश पुनलाई भैरहवा लगियो « Khabarhub

सहकारी ठगीबारे अनुसन्धान गर्न दीपेश पुनलाई भैरहवा लगियो


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सहकारी ठगी र सुन तस्करी प्रकरणमा काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही लगिएको छ ।

प्रहरी स्रोतका अनुसार रुपन्देहीमा उनीविरुद्ध सहकारी ठगीसम्बन्धी उजुरी परेकाले अनुसन्धानका लागि शुक्रबार नै त्यस तर्फ लगिएको हो ।

रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको उनीमाथि आरोप छ । उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।

उनी शुक्रबार नै काठमाडौंको धापासीबाट पक्राउ परेका थिए । यस्तै सुन तस्करबारे जाँचबुझ आयोगले पनि पुनलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

याे पनि…

  • पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ, सांसदले खोजे सम्पत्तिको स्रोत

 

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ११ : ३४ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या