अर्थमन्त्रीले मागे बहुवर्षीय स्रोत सहमतिको विवरण, विकासे मन्त्रालयका सचिवलाई ताकेता « Khabarhub

अर्थमन्त्रीले मागे बहुवर्षीय स्रोत सहमतिको विवरण, विकासे मन्त्रालयका सचिवलाई ताकेता


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासे विषयगत मन्त्रालयका सचिवहरूसँग बहुवर्षीय स्रोत सहमतिको विवरण माग गरेका छन् ।

आज (आइतबार) अर्थ मन्त्रालयमै डाकेर अर्थमन्त्री पौडेलले सचिवहरूलाई विवरण उपलब्ध गराउन ताकेता गरेका हुन् । बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण उपलब्ध गराउन भनिएको मन्त्री पौडेलको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

स्रोत सुनिश्चत भएका र नभएका बहुवर्षीय ठेक्का दायित्वको एकीन विवरण पनि माग गरिएको छ अर्थ मन्त्रालयले भुक्तानी गर्नुपर्ने दायित्वको विवरण उपलब्ध गराउन पनि निर्देशन दिएको छ।

बहुवर्षीय ठेक्का र भुक्तानी दिन बाँकी दायित्वमा समस्या देखिएकाले एकीन विवरण प्राप्त भएपछि उपयुक्त निर्णय गर्ने मन्त्री पौडेलले बताएका छन्‌ ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ७ : २९ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख