बढ्दै उच्च गर्मीको जोखिम | Khabarhub Khabarhub

बढ्दै उच्च गर्मीको जोखिम


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

हामीले अहिलेसम्मकै तातो वर्षको रूपमा गएको वर्ष बिताइ सकेका छौं। तापक्रमको रेकर्ड राख्न थालेको १०० वर्ष भइसकेको छ। यो अवधिमा सन् २०२३ लाई हामीले सबैभन्दा गर्मी समयको रूपमा बिताइसकेका छौ।

प्रि इन्डस्ट्रीयल युगको तुलनामा तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस बढ्ने निश्चित भइसकेको छ। जीवाश्म इन्धनका कारण प्रत्येक वर्ष तापक्रम बढी रहेको सत्य हो। यसको असर सन् २०२४ मा पनि पर्ने पक्का छ। धेरै वैज्ञानिकको निचोड हो कि आगामी वर्ष तापक्रम अझ बढी हुनसक्ने छ।

गएको फेब्रुअरी महिनामा नै एउटा कीर्तिमान बनेको थियो। अहिलेसम्म सबै भन्दा बढी गर्मी भएको यसै वर्षको फेब्रुअरी हो। तसर्थ सन् २०२४ अझ धेरै गर्मी हुनसक्ने सम्भावनालाई नकार्न मिल्दैन।

मार्च महिनामा युरोपेली युनियनका कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसका वैज्ञानिकले पत्ता लगाएको तथ्यका अनुसार सन् १९४० यता फेब्रुअरी महिनामा यत्ति धेरै गर्मी भएको हो। सन् २०२३ मै यस किसिमको गर्मी हुने अनुमान गरिएको थियो। साथै वैज्ञानिकले अबका वर्षमा पृथ्वीको तातो बढ्दै जाने तथा यसले समस्या उत्पन्न गराउँदै लैजाने अवस्थाको सृजना हुने बताएका छन्। यो वर्ष पनि बाढी पहिरो र खडेरीको जोखिम अत्यधिक हुनसक्ने चेतावनी वैज्ञानिकले दिइसकेका छन्।

मार्च महिनाको अन्त्यमा अमेरिकाको राष्ट्रिय ओसियानीक र एटमस्फेरिक एडमिनिस्ट्रेसनले अबको स्प्रिङ महिनाको आङ्कलन गर्दै अप्रिल देखिन जुन महिनामा अत्यधिक समस्या हुनसक्ने बताएका हुन्। यो बिचमा मानिसलाई सहने नसक्ने गर्मीको सम्भावना रहेको छ। यस बिचमा नै अमेरिकाको धेरै स्थानमा बाढीको सम्भावना पनि छ।

अमेरिकी सरकारको पाँचौँ जलवायु मूल्याङ्कन गत नोभेम्बरमा प्रकाशित भएको थियो। सो मूल्याङ्कनका अनुसार अस्वाभाविक जलवायु समस्या आउन सक्छन्। त्यो पूर्व कल्पना भन्दा फरक पनि हुनसक्छ। त्यसै अध्ययनले देखाए अनुसार अमेरिकाको पश्चिम दिशामा गएको दशकमा नै समस्या बनेको तातो हावा र डढेलोको जोखिम दक्षिण पश्चिममा यस वर्ष अझै धेरै छ। त्यसै क्षेत्रमा खडेरीको सम्भावना बढी छ। पूर्वी क्षेत्रमा भने अति वर्षाको जोखिम छ।

तुफान र आँधीबेहरीको सम्भावना यस वर्ष बढी सकेको छ। यो अस्वाभाविक मौसमको समस्या, वातावरण, उद्योग र जनजीवनमा पर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै अहिले नै सावधानी अपनाउन वैज्ञानिकले चेतावनी दिइसकेका छन्।

तुफान र आँधीबेहरीको सम्भावना यस वर्ष बढी सकेको छ। यो अस्वाभाविक मौसमको समस्या, वातावरण, उद्योग र जनजीवनमा पर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै अहिले नै सावधानी अपनाउन वैज्ञानिकले चेतावनी दिइसकेका छन्।

गएको वर्ष अमेरिकाले मात्र २५ अस्वाभाविक मौसमीय घटनाको सामना गरेको थियो। जसका कारण १ अर्ब भन्दा बढी अमेरिकी डलरको क्षति भएको थियो। त्यत्ति मात्र होइन, ४ सय ६४ जनाको ज्यान समेत गएको थियो। धेरैले घरबार गुमाए भने कतिपयले आफ्नो मस्तिष्कको क्षमता पनि गुमाए।

अमेरिकाले यसको तयारी पनि गरिसकेको छ। गएको सेप्टेम्बर महिनामा नै वाइडेन प्रशासनले मौसमीय जोखिम परिवारका लागि केही रकम समेत छुट्ट्याएको छ। जलवायु संरक्षण फ्रेम वर्क पनि बनेको छ। यो सिङ्गो अमेरिकाका लागि उपयोगी पनि साबित हुनसक्ने छ।

तस्बिर- गेटी इमेज

यो फ्रेम वर्क अन्तरगत पानीको श्रोतलाई संरक्षण गर्ने, विद्युतीय ग्रिडलाई आधुनिकीकरण गर्दै बलियो बनाउने तथा केही संरचनालाई बलियो बनाउने या बाँध निर्माण कार्य रहेका छन्। यो काम समुद्र सतह बढेर हुनसक्ने जोखिम तथा आँधीको जोखिमबाट बच्नका लागि हो। साथै तातोसँग सम्बन्धित स्वास्थ्यको बारे चेतना जगाउनु अर्को महत्त्वपूर्ण काम हो।

नासाका अनुसार गएका १० वर्ष सबैभन्दा गर्मीको १० वर्ष हुन्। पृथ्वी गर्मी हुनेक्रम गएका ४० वर्षमा बढी रहेको छ। धेरै भविष्यवाणी अबको वर्ष अझ बढी सहनै नसक्ने गर्मी हुने भएका छन्। ग्राज विश्वविद्यालयका ‘हिट वेभ’ अनुसन्धानकर्ता चोल ब्रिमीकोम्बेका अनुसार गएको तीन महिनामा देखिएको अवस्थाका अनुसार सन् २०१३ लाई चुनौती दिनसक्ने किसिमको सबै भन्दा धेरै गर्मीको समय अबको वर्ष हुनसक्ने छ। अथवा सन् २०२४ सबै भन्दा गर्मी वर्षको रूपमा रहन सक्नेछ।

दक्षिणी भागमा अबको केही समयमा मौसममा परिवर्तन हुनसक्ने छ। एनओएएका जलवायु परिवर्तन वैज्ञानिक एन्डी होयल संसार भर नै समस्या बढी रहने छ।

दक्षिणी भागमा अबको केही समयमा मौसममा परिवर्तन हुनसक्ने छ। एनओएएका जलवायु परिवर्तन वैज्ञानिक एन्डी होयल संसार भर नै समस्या बढी रहने छ। उनका अनुसार गर्मीको कारण समस्या आउन सक्नेछ। तर यो कुन महिनामा सबै भन्दा बढी हुने भन्ने अझ निश्चित छैन। संसारको कुनै पनि भूभाग अत्यधिक गर्मी तथा बाढी पहिरोको जोखिम रहेको उनी बताउँछन्।

विगतमा अस्वाभाविक मौषमीय परिवर्तन र जलवायु परिवर्तन बिचको सम्बन्ध ठ्याक्कै पत्ता लगाउन धेरै कठिन थियो। अहिले विज्ञान यस क्षेत्रमा धेरै अघि बढी सकेको छ। इम्परियल कलेज लन्डनको विश्व मौसम विशेषता कार्यक्रमले खडेरी, तातो हावा र आँधी बेहरीको विषयमा अध्ययन रिपोर्ट तयार गरेको छ। सो अनुसन्धानमा संलग्न अनुसन्धानकर्ताका अनुसार जलवायु परिवर्तनको अत्यधिक असर देखिने सम्भावना बढी रहेको छ।

गत वर्षको स्प्रिङमा पश्चिममा धेरै गर्मी भएको थियो। यसैगरी गृष्म ऋतुमा टेक्सस र फ्लोरिडामा गर्मीको समस्या बढी थियो।

धेरै वैज्ञानिकको मत अहिले पनि के छ भने संसारभर नै बढेको यो समस्याको निराकरण गर्न समस्याको जड नै पत्ता लगाउनुको विकल्प छैन। अन्यथा हामी अझ धेरै खराब अवस्थामा पनि पुग्न सक्छौं। यसको समाधान भनेको जीवाश्म इन्धनलाई शून्यको अवस्थामा पुग्नका लागि पहल गर्ने नै हो। कार्बन उत्सर्जन नघटाएमा यसले हामीलाई अझै गम्भीर समस्यामा लैजाने तथा संसारका धेरै देशमा अकालमै थुप्रैको ज्यान जाने कुरामा यस वर्षको सुरुवातमा र अहिले पनि धेरै वैज्ञानिक तथा अनुसन्धानकर्ताले बारम्बार चेतावनी दिइरहेका छन्।

जब समस्या बढ्न सुरु गर्छ यसले कसैलाई पनि असर गर्दैन भन्ने कुराको ग्यारेन्टी गर्दैन। तर असक्त तथा बढी उमेरकालाई अझ बढी समस्या हुनसक्ने ब्रिस्टल युनिभर्सिटीमा गरिएको एक अध्ययनले देखाएको छ।

जब समस्या बढ्न सुरु गर्छ यसले कसैलाई पनि असर गर्दैन भन्ने कुराको ग्यारेन्टी गर्दैन। तर असक्त तथा बढी उमेरकालाई अझ बढी समस्या हुनसक्ने ब्रिस्टल युनिभर्सिटीमा गरिएको एक अध्ययनले देखाएको छ। विगतका अनुसन्धानले देखाएका छन् कि तातो हावाको असर बढी जनघनत्व भएका स्थानमा बढी हुनसक्छ। बाढी र आँधीको असर गरिब परिवारमै हुनसक्छ, जहाँ कमजोर संरचना बनाइएका छन्।

यस वर्षको मौसमीय अवस्थाका बारे धेरै अध्ययन भएका छन्। यी अध्ययन अझै हुने क्रममा छन्। तर सबैको निष्कर्ष के हो भने सहन नसक्ने गर्मी बाढी पहिरो र तातो हावाको जोखिममा हामी सबै छौ। अहिलेलाई अस्थायी समाधान अपनाए पनि जीवाश्म इन्धनको विकल्प नखोजे मानव जगतले विकराल समस्या भोग्ने नै छ।
स्रोत : सिनेट साइन्स

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ८ : ४७ बजे

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त