विश्वदीपले छाडे बाबुरामको साथ « Khabarhub

विश्वदीपले छाडे बाबुरामको साथ


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भुमिगतकालदेखि नै डा‍‍‍. बाबुराम भट्टराईलाई स्वकीय सचिवका रुपमा साथ दिँदै आएका विश्वदीप पाण्डे माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

लामो समय बाबुराम भट्टराईका दुःख–सुखमा साथ दिँदै आएका पाण्डे माओवादी अध्यक्ष प्रचण्डसँग हात मिलाएर माओवादीमा फर्केका हुन् ।

रुपन्देही निवासी पाण्डे किशोरावस्थादेखि नै माओवादी आन्दोलनमा लागेका थिए । विश्वदीपका पिता भक्ति पाण्डेले डा। बाबुरामसँग छोराको चिनजान गराइदिएका थिए । माओवादी जनयुद्धका बेला जोखिपूर्ण सवारी चलाएर साथ दिएका भक्तिको निधन भइसकेको छ ।

बाबुरामसँगको लामो सहकार्य छाडेर माओवादीमा फर्कने क्रममा विश्वदीप पाण्डेले डा. भट्टराईको नाम नलिइकन सामाजिक सञ्जालमा यस्तो स्टाटस लेखेका छन्–

केही वर्षको उतारचढाव, आफ्नै प्रकारका भोगाई र अनुभूतिसँगै म नेकपा माओवादी केन्द्रमै फर्किएको छु । माओवादी पार्टी र अध्यक्ष कमरेड प्रचण्डसँगको सहकार्य मेरा लागि कुनै नयाँ कुरा हैन । यहाँ मेरा लागि पहिलेकै जस्तो प्रेम, स्नेह र सद्भाव छ भन्ने पूर्ण विश्वास छ ।

सुशासन, समृद्दि, सामाजिक न्याय र समाजवादको यात्रा टुटेर, फुटेर अथवा छुट्टाछुट्टै हिँडेर पूरा गर्न नसकिने रहेछ । आज देशलाई वामपन्थी शक्तिबीच नयाँ स्तरको एकता र सहकार्य चाहिएको छ । अझ हिजोका क्रान्तिकारी शक्तिहरु सबै प्रकारका पूर्वाग्रहबाट माथि उठेर एकताबद्व हुनु झनै आवस्यक छ ।

यो क्षण म केही भावुक पनि भएको छु । कतिपय पुराना र पेचिला स्मरण जीवन्त भएर आएका छन् । यो पार्टी र आन्दोलनको निर्माणमा मेरो बुबाको सम्पूर्ण जीवन नै समर्पित भयो । म आफूले यसमा सक्दो भूमिका र योगदान गरेँ ।

कतिपय राजनीतिक घटनाक्रमको जटिलताले हामी केही टाढा÷नजिक भयौं होला तर, भविष्यका नयाँ चुनौती पूरा गर्न यो पार्टी र आन्दोलनलाई नयाँ स्तर र उचाईमा उठाउन योगदान गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेर फेरि यात्रामा लामवद्ध भएको छु ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ११ : ०७ बजे

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

लिङ्देनमाथि खनिए राप्रपा बागमतीका नेता : आरोप गर्न नभए माफी माग्न २४ घण्टे अल्टिमेटम

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष

गण्डकीमा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार