सगरमाथा आधार शिविरमा पर्यटकसँग अन्तरक्रिया « Khabarhub

सगरमाथा आधार शिविरमा पर्यटकसँग अन्तरक्रिया


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर (बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको प्रहरीको गस्तीले आज बेस क्याम्प पुगेर शान्ति, सुरक्षाका बारेमा पर्यटकसँग सचेतनामूलक अन्तरक्रिया गरेको हो ।

जिल्ला प्रहरी प्रमुख घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालसहित बेस क्याम्प पुगेको टोलीले सुरक्षामा कुनै कमी भए जानकारी गराउन पर्यटकलाई आग्रह गरे ।

पाँच हजार ३६४ मिटर उचाइमा अवस्थित आधार शिविर अहिले आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ बनेको छ । पर्यटकको चहलपहल बढीरहेका बेला आधार शिविरमा गस्ती गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

प्रनाउ घिमिरेको कमाण्डमा अस्थाई प्रहरी चौकी दिङबुचे सोलुखुम्बुका प्रहरीहरु समेत सो क्षेत्रमा परिचालन भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए ।

हिमाल आरोहणको सिजन सुरु भएकाले सगरमाथा क्षेत्रमा विदेशी तथा स्वदेश पर्यटकको घुइँचो बढ्न थालेको प्रनाउ घिमिरेले बताए ।

सुरक्षाको प्रत्याभुति दिलाउने र केही असहज भए अपनाउनुपर्ने सुरक्षा उपायका बारेमा जानकारी दिने उद्देश्यले गस्ती टोली परिचालन गरी अन्तरक्रिया गरिएको उनको भनाइ छ ।

नेपाली सेनाको हिमाल सफाइ टोली स्याङ्गबोचेमा

 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १२ : ३५ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले